election background

प्रतिनिधि सभा निर्वाचन २०८२

झापा ५ मा राजनीतिक तातो

झापा ५ मा राजनीतिक तातो

झापा : सधैं चुनावी चर्चामा हुने झापाको क्षेत्र नम्बर ५ मा यसपटक फरक बहस चलिरहेको छ। बिहानदेखि बेलुकासम्म हुने चर्चाका पात्र बनेका छन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)।

अब हुने चुनावमा उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ६ पटक निर्वाचित भइसकेका यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने चर्चाले राजनीतिक सरगर्मी बढाएको छ। २०४८ सालदेखि २०७९ सालसम्म भएको प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा एक पटक (२०६४ सालको पहिलो संविधानसभा निर्वाचन) मा मात्र पराजित भएका एमाले अध्यक्ष ओलीको लालकिल्ला हो यो क्षेत्र। बालेनले अबको संसदीय क्षेत्रको रोजाइ पनि यही क्षेत्रलाई बनाउने सम्भावना देखाएपछि फरक बहस सुरु भएको हो।

बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने सम्भावना बढेको उनी निकट नेताहरू बताउँछन्। त्यसो हुँदा यो चुनाव केवल प्रतिस्पर्धा मात्र हुने छैन, प्रतिष्ठा र विद्रोहको लडाइँसमेत हुनेछ।

यद्यपि बालेनले काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा नदिएको र औपचारिक रूपमा झापा–५ बाट उम्मेदवार बन्ने घोषणाचाहिँ गरिसकेका छैनन्। रास्वपाका झापा अध्यक्ष प्रकाश पाठकले भने काठमाडौंका मेयर बालेन झापा ५ बाटै उम्मेदवार बन्ने पक्का भइसकेको दाबी गरे।
मेयर बालेन माघ ५ गते पुख्र्यौली घर महोत्तरी आउने छन्। त्यसदिन त्यहाँ चुनावीसभा सम्बोधन गरी झापाका लागि प्रस्थान गर्ने छन्। 

नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरी भन्छन्, ‘बालेनजी झापा मात्र नभई जहाँ गएर पनि चुनाव लड्न पाउनुहुन्छ, यसलाई हामीले सरल र सामान्य रूपमा लिएका छौं। यस भूमिमा एक जना पर्यटकीय उम्मेदवार आगमन भएको रूपमा मात्र हामी बुझ्नेछौं।

बालेन टोली माघ ३/४ गते नै झापा आइपुग्ने छ। माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताका दिन बालेन झापाको दमकमा आएर उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको अध्यक्ष पाठकको दाबी छ। अहिले त्यसकै तयारीका लागि पार्टीका नेता तथा कार्यकर्तासँग लगातार छलफल भइरहेको 
उनले जनाए।

ओलीविरुद्ध नै चुनाव लड्छु भन्ने अडानबाट बालेन नहट्ने जनाउँदै उनले थपे, ‘उहाँको चाहना पनि चुनावै लड्नुपर्‍यो भने के अरूसँग लड्ने, ओलीसँगै लड्ने हो भनेर भन्नुभएको छ।’ बालेनले झापा–५ को वस्तुस्थितिलाई अध्ययन गरेर नै चुनावमा उठ्न खोजेका उनले बताए।

२०६२/०६३ को आन्दोलनपछि देशमा गणतन्त्र स्थापना भयो। त्यसपछि माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्ति सम्झौतामा आयो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओली नेकपा (माओवादी)का विश्वदिप लिङ्देनसँग पराजित भएका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ५२ हजार ३ सय १९ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २७ हजार ७ सय ४३ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएर तेस्रो दल भएका थिए। त्यसबेला एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेका थिए।

यस पटक मतदाता संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ। अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका छन्। झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १–८ र गौरीगन्ज गाउँपालिकाको ३–६ वडा समेटिएको छ।

नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरी भन्छन्, ‘बालेनजी झापा मात्र नभई जहाँ गएर पनि चुनाव लड्न पाउनुहुन्छ, यसलाई हामीले सरल र सामान्य रूपमा लिएका छौं। यस भूमिमा एक जना पर्यटकीय उम्मेदवार आगमन भएको रूपमा मात्र हामी बुझ्नेछौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.