रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ९ अर्ब २५ करोड लाग्ने अनुमान
जनकपुरधाम : बहुप्रतिष्ठित रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ९ अर्ब २५ करोड लाग्ने अनुमान गरिएको छ। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री वसन्त कुशवाहाका अनुसार रंगशाला निर्माणका लागि कुल ९ अर्ब २५ करोड लाग्ने अनुमान गरिएको हो।
मधेश प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले जनकपुरधाम–१४ स्थित रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि अपुग बजेट सहयोगका लागि संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। सोको प्रथम चरण (क्रिकेट स्टेडियम, फुटबल, कवर्ड हल, टेनिस कोर्टसहित) निर्माण कार्यका लागि भने २ अर्ब ७५ करोड लागत हुने अनुमान गरिएको मन्त्री कुशवाहाले जानकारी दिए ।
यसैगरी आगामी १०० दिने कार्ययोजना अन्तर्गत समाज कल्याण परिषद् गठन, मधेश प्रिमियर लिग लगायतको कार्य योजना अघि सारिएको मन्त्री कुशवाहाले बताए।
प्रतिक्रिया दिनुहोस !