लुम्बिनी प्रदेशबाट उपसभापतिसहित १७ जना केन्द्रीय समितिमा अटाउँदा ३ जिल्ला निल
कांग्रेस विशेष महाधिवेशन
परासी : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा नेतृत्वमा बनेको केन्द्रीय समितिमा लुम्बिनी प्रदेशले उपसभापति र सह–महामन्त्रीसहित १७ केन्द्रीय सदस्य पाएको छ । तीन जिल्लाबाट प्रतिनिधित्व हुन सकेन ।
अर्घाखाँचीले उपसभापति पाउँदा सबैभन्दा बढी दाङ जिल्लाले सहमहामन्त्रीसहित ४ केन्द्रीय सदस्य पाएको छ । कपिलवस्तु,प्यूठान र रोल्पाले एकजना पनि केन्द्रीय सदस्य पाउन सकेन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका अनुसार उपसभापतिमा अर्घाखाँचीबाट पुष्पा भुसाल र केन्द्रीय सदस्यमा कमल भुसाल (खस आर्य) चयन भएका छन् ।
दाङ्बाट सहमहामन्त्री देवेन्द्र चौधरी (थारु कलष्टर), सदस्यहरुमा प्रदिप शर्मा(खुला), केशव आचार्य (लुम्बिीन प्रदेश खुला) र लिला नेपाली (दलित खुला) रहेका छन् । नवलपरासीबाट विनोदकुमार चौधरी(खुला ) र राधेश्याम पाठक (मधेसी खुला) चयन भएका छन् ।
पाल्पाबाट राजेन्द्र गोपाल सिंह (खुला), बाँकेबाट मैकुलाल वाल्मिकी (दलित खुला), बर्दियाबाट गोपाल दहित (थारु खुला), र पवित्राकुमारी अर्याल (लुम्बिनी प्रदेश महिला) केन्द्रीय सदस्यमा चयन भएका छन् ।
गुल्मीबाट छन्दबहादुर पहराइ मगर (आदिवासी जनजाती खुला), रुकुम पूर्वबाट कुसुमदेवी थापा मगर (आदिवासी जनजाती महिला) केन्द्रीय सदस्यमा चयन भएका छन् । त्यसैगरी रुपन्देहीबाट केन्द्रीय सदस्यमा भरत शाह (खुला), अब्दुल रजाक( मुस्लिम खुला) र रामबहादुर कार्की ( लुम्बिनी प्रदेश खुला) चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले अन्नपूर्ण अनलाइनलाई बताए । ‘इच्छा गर्ने साथीहरू धेरै हुनुहुन्थ्यो । प्रयास गर्दा गर्दै तीन जिल्लाबाट साथीहरू पर्न सक्नु भएन । उहाँहरूलाई पनि क्रमशः समेटिने प्रयास हुन्छ,'प्रदेश सभापति पुनले भने ।
प्रतिक्रिया दिनुहोस !