पेट्रोलियम पदार्थको मूल्य घट्यो, बिहीबार मध्यरातदेखि लागू
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले बिहीबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
प्रतिक्रिया दिनुहोस !