election background

प्रतिनिधि सभा निर्वाचन २०८२

विद्युत् प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रलाई खुला

विद्युत् प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रलाई खुला

काठमाडौं : नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले ‘जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क’को नीतिगत खाकाका आधारमा विद्युत् प्रणालीमा खुल्ला पहुँचको व्यवस्था गर्ने गराउने उद्देश्यका साथ ‘विद्युत् प्रसारण तथा वितरणमा खुल्ला पहुँचसम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ। 

विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ (ञ) ले निर्दिष्ट गरे बमोजिम निर्देशिका जारी गरिएको हो। उल्लेखित निर्देशिकामा ३३ केभी वा सोभन्दा माथिल्लो भोल्टेजस्तरमा जोडिएका ५ मेगावाट वा सोभन्दा बढी क्षमताका आयोजना, न्यूनतम १ मेवा. क्षमता भएका क्याप्टिभ आयोजना र कन्ट्रयाक्ट इनर्जी ५ मेवा. वा सोभन्दा बढी भई ३३ केभी. वा सोभन्दा माथिल्लो भोल्टेजस्तरमा जोडिएका औद्योगिक तथा व्यापारिक उपभोक्तालाई विद्युत्मा भेदभावरहित खुल्ला पहुँचको सेवा लिन सक्ने लगायतको व्यवस्था गरिएको छ।

उक्त निर्देशिकामा अन्तरदेशीय विद्युत् व्यापारका लागि खुल्ला पहुँच प्रयोग गर्दा सोको क्षमता भने न्यूनतम् १० मेगावाट हुनुपर्ने उल्लेख छ। यस निर्देशिका बमोजिम खुल्ला पहुँच प्रदान गरिएका निकायलाई यस निर्देशिकाको अधिनमा रही बिना भेदभाव प्रसारण वा वितरण प्रणाली प्रयोग गर्ने हक रहनेछ।

आयोगद्वारा जारी गरिएको उक्त निर्देशिकामा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन खुल्ला पहुँच गरी तीन वर्गको व्यवस्था गरिएको छ। खुल्ला पहुँचको निवेदन बुझ्ने र त्यसउपर आवश्यक कारवाही गरी खुल्ला पहुँच प्रदान गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागलाई नोडल एजेन्सीको रूपमा तोकिएको छ।

कुनै पनि देशको विद्युत् क्षेत्रमा खुल्ला पहुँच प्रारम्भ हुनुले ठूलो महत्व राख्छ। खुल्ला पहुँच प्रारम्भ हुँदा प्रसारण तथा वितरण संरचना निर्माणमा निजी क्षेत्रलाई प्रवेश गर्ने मार्गप्रशस्त हुन्छ किनकी खुल्ला पहुँचअन्तर्गत वितरण तथा प्रसारणका संरचना निर्माण र सञ्चालन गरेबापत त्यस्ता संरचनाको स्वामित्व भएका संस्थाले प्राप्त गर्ने दस्तुरहरूसम्बन्धी व्यावसायिक स्पष्टता रहन्छ। त्यसैगरी, यसले विद्युत् उत्पादकले स्वयम् विद्युत्को बजार खोज गरी प्रत्यक्ष रुपमा विद्युत बेच्ने विकल्प खुल्ला रहन्छ।

हाल नेपालको निजी क्षेत्रले विद्युत् व्यापारमा भूमिका खोजेको छ। यस निर्देशिकाले कुनै पनि प्रसारण अनुमतिपत्र प्राप्त व्यक्तिको प्रसारण संरचनामा उपलब्ध रहेको क्षमता प्रयोग गरी निजी क्षेत्रलाई स्वदेशमा एवम् विदेशमा विद्युत् निर्यात गर्ने नियामकीय खाका प्रदान गर्दछ। 
यस व्यवस्थाले समग्र रूपमा उत्पादन एवं वितरणलाई समेत दक्षतापूर्ण रूपले सञ्चालन हुने वातावरण पनि निर्माण गर्दछ। यस प्रणालीले विद्युत् प्रसारण संरचनाको प्रयोगको दक्षता वृद्धि गर्न सहयोग गर्दछ।

व्यवसायीलाई खुला पहुँचले के फाइदा ?
खुल्ला पहुँचले उत्पादनलाई सम्भावित बजारसँग जोड्ने भएकाले बजार स्वयम् खोज्न गर्न सक्ने दक्ष प्रबर्धक तथा व्यवसायीहरू आयोजना निर्माणका लागि प्राधिकरणको विद्युत् खरिद बिक्री सम्झौता कुरेर बस्नु पर्दैन। खुल्ला पहुँचको व्यवस्थाले सम्भावनाका बाटाहरू खोल्दछ्न्। तर, खुल्ला पहुँच भनेको विद्युत प्रसारण तथा वितरण प्रणालीको स्वामित्व र त्यसमा रहेको व्यापारिक कारकलाई अलग्याएर नियमन गर्ने पद्दति मात्र हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.