election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बच्चालाई के खुवाउने ?

बच्चालाई के खुवाउने ?
सुन्नुहोस्

पोसिलो खानाले बालबालिकालाई रगतको कमी हुन र कुपोषित हुनबाट जोगाउँछ। नेपालमा दुई वर्षमुनिका १० जनामध्येमा ७ जना बालबालिकामा रगतको कमी (रक्तअल्पता) पाइएको छ। त्यस्तै पाँच वर्षमुनिका १० बालबालिकामध्ये चारजना दीर्घ कुपोषित हुने गरेका छन्।

दुई वर्षमुनिका बालबालिकाको शारीरिक र मानसिक विकास तीव्र गतिमा भइरहेको हुन्छ। त्यसैले उनीहरूलाई दिनहुँ पोसिलो खाना खुवाउनु पर्छ। बालबालिकाको दिमागको विकास ८० प्रतिशतभन्दा बढी दुई वर्षभित्रमा नै हुन्छ। यो उमेरमा बालबालिका कुपोषित भए दिमागको विकास हुन  सक्दैन। यसको असर जीवनभर रहिरहन्छ। 

६ महिनाभन्दा कम उमेरका शिशुलाई आमाको दूध नियमित रूपमा साबिकभन्दा बढी पटक बिरामी समयमा शिशु तथा बालबालिकाले खान नमान्ने हुँदा अझ बढी लामो समयसम्म बिरामी लम्बिएर कुपोषण हुन नदिन थोरै थोरै भए पनि पटकपटक खुवाई राख्नु पर्दछ।

स्तनपान तथा स्तनपान सँगसँगै पूरक खानासम्बन्धी विशेष हेरचाहले बिरामी हुँदा रोगसँग लड्नका लागि तागत दिनुका साथै छिट्टै स्वस्थ्य हुन मद्दत गर्दछ। समयमै स्वास्थ्य संस्थामा जाँच गराई समयमै औषधि उपचार गराउनु पर्दछ।

६ महिना पूरा भइसकेको बिरामी शिशुलाई आमाको दूधको साथसाथै थप पोसिलो खानाहरू पनि फकाइफकाई खुवाउनु पर्छ। बिरामी समयमा शिशु तथा बालबालिकाले खान नमान्ने हुँदा थोरै थोरै भए पनि पटकपटक खुवाइ राख्नु पर्दछ। स्तनपान तथा स्तनपान सँगसँगै पूरक खानासम्बन्धी विशेष हेरचाहले बिरामी हुँदा रोगसँग लड्नका लागि तागत दिन्छ।  छिट्टै स्वस्थ्य हुन मद्दत गर्दछ।

६ महिनापछि पोसिलो पूरक खाना खुवाऔं
हरेक बालबालिकाको वृद्धि विकासको लागि ६ महिना पुगेपछि उनीहरूलाई पोसिलो पूरक वा थप खाना खुवाउनु पर्दछ। पूरक खाना भनेको आमाको दूधका साथै नरम बनाएर खुवाइने ठोस खानेकुरा हो।

समुदाय वा घरमै उपलब्ध हुने खाद्यवस्तुहरूबाट ६ महिनादेखि २४ महिनासम्मका बच्चाहरूको लागि पोसिलो पूरक वा थप खाना तयार गर्न सकिन्छ। पोसिलो पिठो भिन्न किसिमका दुई भाग अन्न (चामल, गहुँ, मकै, कोदो, जौ, फापर आदिमध्ये) र एक भाग गेडागुडी (भटमास, चना, केराउमध्ये आदि) लाई छुट्टाछुट्टै केलाउने र राम्ररी पाक्ने गरी भुट्ने र छुट्टाछुट्टै पिँधेर तयार गरिएको पिठोलाई पकाउँदा साग, गाजर, दूध, घिउ मह, अन्डा, मासु, आयोडिन युक्त नुन मिसाई तयार गर्न सकिन्छ।

पोसिलो जाउलो वा खिचडी चामल, दाल (मुंग, मास, मसुरो), गेडागुडी (भटमास, चना, केराउ आदि) र हरियो साग, गाजर, दूध, घिउ, मह, अन्डा, मासु आदि मिसाई लेदो हुने गरी पकाउने र आयोडिनयुक्त नुन मिसाई तयार गर्न सकिन्छ। यसमा थोरै घिउ वा तेल पनि हाल्नु पर्दछ। यसका साथै बालबालिकालाई पोसिलो खानाको रूपमा फर्सीको खिर, कोदो तथा गहुँको खिरमा घिउ, मह, बदाम, ओखर आदि राखेर खुवाउन सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.