election background

प्रतिनिधि सभा निर्वाचन २०८२

साफ पुरुष फुटसल च्याम्पियनसिप : नेपाललाई ८ वर्षपछिको जित, प्रतियोगितामा सुखद सुरुवात

साफ पुरुष फुटसल च्याम्पियनसिप : नेपाललाई ८ वर्षपछिको जित, प्रतियोगितामा सुखद सुरुवात

काठमाडौं : साफ पुरुष फुटसल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै जारी च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ। 

थाइल्यान्डको बैंककस्थित हुआ माक इन्डोर स्टेडियममा भएको पुरुषतर्फको पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गरेको हो। 

नेपालको जितमा सरोज तामाङले २ गोल गरे। पहिलो पिरियडमा नेपाल र श्रीलंकाले १–१ बराबरी बनाएका थिए। 

मोहम्मद कुर्सिदको गोलमा श्रीलंकाले अग्रता बनाएको थियो। त्यसको जवाफमा नेपालका सरोज तामाङले गोल गरेका थिए। 

दोस्रो पिरियडको सुरुवाती समयमै सरोज तामाङले दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्। 

नेपालले ८ वर्षपछि फुटसल प्रतियोगितामा जित दर्ता गरेको हो। नेपालले यसअघि सन् २०१८ मा पाकिस्तानलाई हराएको थियो। नेपालले पछिल्लो पटक २०२४ मा एएफसी एसियन कप छनोटको खेल खेलेको थियो। 

नेपालले जारी प्रतियोगितामा दोस्रो खेल आइतबार भारतसँग खेल्नेछ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.