election background

प्रतिनिधि सभा निर्वाचन २०८२

झापाका पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापाका पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । 

त्यस्तै झापा निर्वाचन झापा- १ का लागि मेचीनगर नगरपालिका कार्यालय, झापा- २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, झापा- ४ का लागि कनकाई नगरपालिकास्थित अतिथि सदन भवन र झापा- ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको छ । जुन २०७९ सालको निर्वाचन भन्दा ५० हजार २२६ मतदातामा वृद्धि भएको उनले बताए । 

जिल्ला समन्वय समितिको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा बोर्ड राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।

 जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसकेकोले आजदेखि नै निर्वाचनका सम्पूर्ण गतिविधिहरू त्यही कार्यालयहरूबाट सञ्चालन हुने प्रमुख न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणमा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ७ र ८ गते उजुरी तथा मनोनयन पत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम फिर्ता लिने तथा माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने बताए । विशेष अवस्थामा यो निर्वाचन हुन लागेकोले सबै पक्षहरूको साथ सहयोगको आवश्यकता पर्ने उनको भनाइ छ । 

त्यस्तै निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, राजनीतिक दल तथा सरोकारवाला निकायबिच समन्वय र सहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार जिल्लाका मतदान केन्द्रहरूलाई वर्गीकरण गरेका छौँ ।

 २८५ मतदान स्थलमध्ये ४३ वटा सामान्य, संवेदनशीलमा १४७ र अति संवेदनशीलमा ९५ वटा रहेको प्रजिअ गेलालले बताए । त्यसमा ८१५ वटा मतदान केन्द्रहरु रहेका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनको भनाइ छ । 

निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७९७ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिने छ । नेपाल प्रहरीतर्फ चार हजार ३०८ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछ । अहिले निर्वाचन प्रहरी भर्ना भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.