दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई पाँच वर्षको जेल सजाय
काठमाडौं : दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई पाँच वर्षको जेल सजाय सुनाएको छ।
अदालतले युन सुक योललाई कानून व्यवस्थामा बाधा पुर्याएको र शक्तिको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरेको हो।
२०२४ मा दक्षिण कोरियामा मार्शल ल लगाउने प्रयासको सम्बन्धमा युन सुक योलले सामना गरेका धेरै मुद्दामध्ये यो पहिलो हो।
अदालतले युन सुक योलले दक्षिण कोरियालाई राजनीतिक संकटमा फसाएको बताएको छ। युन सुक योलका वकिलले अदालतको निर्णयविरुद्ध अपील गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !