election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भोजपुरमा अजम्बर राई काङमाङले पाए नेकपाबाट टिकट

भोजपुरको विकास र समृद्धिको यात्रामा नयाँ प्रक्रिया अगाडि बढ्ने प्रचण्डको विश्वास

भोजपुरमा अजम्बर राई काङमाङले पाए नेकपाबाट टिकट

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा अजम्बर राई काङमाङलाई उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचन लड्नको लागि आफूलाई सांसदको टिकट दिएको काङमाङले जानकारी दिए।

‘काङमाङले प्रचण्डको हातबाट भोजपुरको प्रतिनिधि सभाको सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट टिकट पाइयो । क. प्रचण्डबाट निर्वाचन सफलताको शुभकामना र भावी राजनीतिक मार्गचित्रकाबारे सुस्पष्ट शुभकामना पनि ग्रहण गरियो ।’ काङमाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण परिवर्तनकारी आदरणीय भोजपुरे जनताहरूलाई चुनाव चिह्न 'तारा' मा मतदान गरी विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

एमाले पृष्ठभूमिका काङमाङ अशोक राईसँगै एमाले छोडेका थिए। एमाले र माओवादी एक हुँदा पनि उनी नेकपाको केन्द्रीय सदस्य बनेका उनी पार्टी विभाजनपश्चात माओवादीमा सक्रिय बनेका थिए। 

राईलाई टिकट दिएसँगै प्रचण्डले सफलताको शुभकामना तथा अग्रिम बधाई दिएका छन्। भोजपुरले क्रान्तिकारी कमरेडलाई विजय बनाएको उल्लेख गर्दै प्रचण्डले काङमाङ अध्याधिक बहुमतले विजयी भएर विजयी हुने विश्वास व्यक्त गरे।

प्रचण्डले उनी निर्वाचित भएपश्चात राजकीय पदमा, सरकारमा जहाँ हुन्छ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। प्रचण्डले भोजपुरको विकास र समृद्धिको यात्रामा काममाङले महत्वपूर्ण भूमिका खेल्ने र नयाँ प्रक्रिया अगाडि बढ्ने दाबी गरे। यस अगाडि उक्त क्षेत्रमा सुदन किँराती निर्वाचित भएका थिए। उनले अहिले नेकपा छाडेका छन्।

यसैगरी नेकपाका केन्द्रीय सदस्य रन्जित तामाङलाई प्रचण्डले झापा निर्वाचन क्षेत्र नम्बर-५ मा सांसदको टिकट दिएका छन्। टिकट प्राप्त गरेपछि युवा नेता तामाङले मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसर दिनका लागि अपिल गरे।

झापा-५ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि निर्वाचन क्षेत्र हो। ओली निरन्तर यहि निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.