election background

प्रतिनिधि सभा निर्वाचन २०८२

होमियोप्याथी : अनमोल रत्न

होमियोप्याथी : अनमोल रत्न
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मानिस एकीकृत, व्यक्तिगत र सुरक्षित उपचार खोज्दैछ, जुन होमियोप्याथीले दिन्छ। होमियोप्याथी कुनै चमत्कार भने होइन तर गहिरो वैज्ञानिक चिकित्सा दर्शन हो। यसले रोगमात्र होइन, रोगीलाई सम्पूर्ण रूपमा निको पार्ने प्रयास गर्छ।

आधुनिक र तीव्र गतिको जीवनशैलीमा मानिस आज शारीरिकमात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि असन्तुलित हुँदै गएको छ। रोगहरू दिनानुदिन जटिल बन्दै गएका छन्। यस्तो अवस्थामा ‘रोग दबाउने उपचार’भन्दा पनि ‘रोगको मूल कारण निको पार्ने उपचार’को आवश्यकता बढेको छ। यही सन्दर्भमा होमियोप्याथी एक वैज्ञानिक, समग्र र व्यक्तिकेन्द्रित चिकित्सा पद्धति हो, जसबारे प्रत्येक सचेत नागरिकले जान्नै पर्ने हुन्छ।

होमियोप्याथी एक वैकल्पिक चिकित्सा प्रणाली हो, जसको आधारभूत सिद्धान्त हो– ‘सिमिलिया सिमिलिबस क्युरेन्चर’ अर्थात् जसले रोग उत्पन्न गर्छ, त्यही वस्तुले सूक्ष्म रूपमा रोग निको पार्छ। अर्थात्, कुनै पदार्थले स्वस्थ मानिसमा जुन लक्षण उत्पन्न गर्छ, त्यही पदार्थलाई अत्यन्त सूक्ष्म मात्रामा प्रयोग गर्दा त्यही प्रकारका लक्षण भएका बिरामी निको हुन सक्छन्। होमियोप्याथीको स्थापना डा. सामुएल हैनिमेनले सन् १७९६ मा जर्मनीमा गरेका थिए। एलोप्याथिक औषधिहरूको दुष्प्रभाव र अत्यधिक हानिकारक अभ्यासबाट निराश भएर उनले नयाँ, सुरक्षित र तर्कसंगत चिकित्सा प्रणालीको खोज गरे। जसलाई होमियोप्याथी नाम दिए। आज होमियोप्याथी विश्वका ८० भन्दा बढी देशहरूमा प्रचलित छ।

होमियोप्याथीका आधारभूत सिद्धान्त  :  समानताको सिद्धान्त, जसमा रोगको उपचार त्यही औषधिबाट गरिन्छ, जसले स्वस्थ व्यक्तिमा उस्तै लक्षण उत्पन्न गर्छ। एकल औषधिको सिद्धान्त, जसमा एक समयमा एक मात्र औषधि प्रयोग गरिन्छ, ताकि शरीरको प्रतिक्रिया स्पष्ट देखियोस्। न्यून मात्राको सिद्धान्त, जसमा अत्यन्त सूक्ष्म मात्रा प्रयोग गरिन्छ, जसले उपचार गर्छ तर हानि गर्दैन। औषधि परीक्षणको सिद्धान्त, जसमा यसका औषधिहरूको परीक्षण एक स्वास्थ्य व्यक्तिमा गरिन्छ। व्यक्तिकेन्द्रित उपचार, जसमा एउटै रोग भए पनि फरक व्यक्तिलाई फरक औषधि हुन सक्छ। जीवनशक्तिको अवधारणा रोग शरीरमा होइन, जीवनशक्तिको असन्तुलनबाट सुरु हुन्छ।

होमियोप्याथिक औषधि केबाट ?  :  औषधिहरू प्राकृतिक स्रोतबाट बनाइन्छन्, वनस्पति (बेल्लाडोन्ना, नक्स भोमिका आदि)।    खनिज (सल्फर, क्याल्केरिया आदि)। जन्तु स्रोत (सेपिया, लाचेसिस आदि।) ऊर्जा÷रोगजन्य पदार्थ। यी पदार्थलाई शक्ति कारणको प्रक्रियाबाट अत्यन्त सूक्ष्म र शक्तिशाली औषधि बनाइन्छ। यसरी, होमियोप्याथी शरीरको प्राकृतिक प्रतिरक्षा शक्तिलाई सक्रिय गर्छ। जसले लक्षण दबाउँदैन, बरु रोगको कारण पत्ता लगाउँछ, मन–शरीर–ऊर्जालाई सन्तुलनमा ल्याउँछ र दीर्घकालीन सुधार गर्छ। यसैले भनिन्छ— होमियोप्याथीमा रोगको होइन, रोगीको उपचार हुन्छ।
होमियोप्याथीले कुन–कुन रोगमा काम गर्छ ?  :  यसले दीर्घकालीन रोगहरूमा दम, एलर्जी, माइग्रेन, गठिया, छालाका रोग, थाइराइड र मधुमेहको उपचार गर्छ भने मानसिक तथा भावनात्मक समस्यामा चिन्ता, डर, डिप्रेसन, रिस, तनाव, अनिद्रा र बालबालिकाको व्यावहारिक समस्या समाधान गर्छ। बालरोगमा टन्सिलाइटिस, दाँत आउँदा समस्या, विकाससम्बन्धी समस्या र अटिजम ठीक पार्छ भने महिलाको स्वास्थ्यमा महिनावारी समस्या, बाँझोपन, गर्भावस्थाका समस्या आदि निको बनाउँछ।

होमियोप्याथीका फाइदा र भ्रम  :  सुरक्षित र प्राकृतिक औषधि, साइड इफेक्ट नगण्य, सबै उमेरका लागि उपयुक्त हुने, गर्भवती र वृद्धका लागि सुरक्षित, रोगको जरामा काम गर्ने, मानसिक र भावनात्मक समस्यामा पनि सुधार हुने आदि। भ्रमहरू पनि फैलाइएका छन्, ‘होमियोप्याथी ढिलो काम गर्छ’, जुन गलत हो। सही औषधि मिलेमा तुरुन्त सुधार देखिन सक्छ। ‘यो केवल प्लेसबो हो’, यस बुझाइलाई पनि वैज्ञानिक सिद्धान्त र लाखौं केसस्टडीले गलत साबित गरेका छन्। ‘सबैलाई एउटै औषधि’ भनिन्छ जुन विल्कुल गलत हो। होमियोप्याथी पूर्णरूपमा व्यक्तिकेन्द्रित छ।

बिरामीले जान्नुपर्ने कुरा  :  उपचारको क्रममा धैर्य राख्नुपर्छ। आफ्नो रोगका लक्षण स्पष्ट रूपमा बताउनुपर्छ। औषधि आफैं परिवर्तन गर्नु हुँदैन। जीवनशैली सुधार आवश्यक छ। मानसिक अवस्थाको बारेमा खुलस्त रूपमा भन्नु जरुरी छ। योग्य होमियो चिकित्सक चिन्न सक्नुपर्छ। अप्रत्यक्ष ढंगले चिकित्सकको शैक्षिक योग्यता जाँच्नुहोस्। पाँच मिनेटमा औषधि दिने र सबैलाई एउटै औषधि लेख्ने अयोग्य अभ्यास यस विधिमा हुँदैनन्। चिकित्सकले बिरामीको ‘केस–हिस्ट्री’ लिन्छ। तपाईंलाई लामो समय सुन्छ, शारीरिक मात्र होइन, मानसिक अवस्था, डर, चिन्ता, रिस, निद्रा, सपना, खानपान र स्वभाव आदिबारे प्रश्न गर्छ।

होमियोप्याथीले एक पटकमा एक औषधि मात्र दिन्छ, औषधि किन दिइयो भनेर तर्कसहित बुझाउँछ र अनावश्यक ‘कम्बिनेसन’ प्रयोग गर्दैन। धेरै औषधि मिसाएर दिने चलन होमियोप्याथीको सिद्धान्तविरुद्ध हो। चमत्कारीको दाबी कहिले गर्दैन। रोगीले बुझ्नुपर्छ, जो चिकित्सक अरू सबैलाई गलत भन्छ, उसको दृष्टिकोण नै अधुरो हुन्छ। उसले जीवनशैली र परामर्श दिन्छ। औषधिसँगै खानपान, निद्रा, मानसिक सन्तुलन र भावनात्मक स्वास्थ्यबारे सल्लाह दिन्छ। किनकि होमियोप्याथी औषधिमात्र होइन, जीवन दर्शन पनि हो। जसले परिणामभन्दा प्रक्रिया बुझाउँछ। उसले बिरामीमा विश्वास र धैर्य दुवै विकास गर्छ।

होमियोप्याथीको भविष्य  :  बिरामी सचेत हुनैपर्छ। योग्य चिकित्सक छान्न जान्नैपर्छ। सही हातमा परेको होमियोप्याथी वरदान हुन्छ। आज मानिस एकीकृत, व्यक्तिगत र सुरक्षित उपचार खोज्दैछ, जुन होमियोप्याथीले दिन्छ। होमियोप्याथी कुनै चमत्कार भने होइन तर गहिरो वैज्ञानिक चिकित्सा दर्शन हो। यसले रोगमात्र होइन, रोगीलाई सम्पूर्ण रूपमा निको पार्ने प्रयास गर्छ। आजको समयले माग गरेको उपचार होमियोप्याथी हो— जहाँ शरीर, मन र ऊर्जा तीनैको सन्तुलन होस्।

मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.