election background

प्रतिनिधि सभा निर्वाचन २०८२

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्यान्डसँग पराजित

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पाएको थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा १२५ रनसहित जित दर्ता गर्यो।  

थाइल्यान्डका लागि नाथाकन चन्थामले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेलिन्। उनले ३९ बलमा ९चौका र १ छक्का प्रहार गरिन्।   पावरप्लेमा थाइल्यान्डले बिना कुनै विकेटको क्षति ३७ रन बनाएको थियो। ६६ रन बनाएपछि थाइल्यान्डले पहिलो विकेट गयो। थाइल्यान्डको दोस्रो विकेट नानान्पत कोन्चारोन्काइले ३२ रन बनाइन्। नारुइमोल चाईबाई ३ रनमा अविजित रहिन्। 

नेपालका लागि दुवै विकेट सीता राना मगरले लिइन्। त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। उनको यो टी२० अन्तर्राष्ट्रियमा बनाएको यो नै सर्वाधिक रन हो। 

ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले पहिलो विकेटको लागि ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा सम्झना खड्काको विकेट गयो । उनले ११ बलमा ६ चौकासहित २६ रन बनाइन्। दोस्रो विकेटको रुपमा अर्की ओपनर विन्दु रावलको विकेट गयो। तेस्रो विकेट पुजा महतोको गयो। उनले १७ बलमा १२ रन बनाइन्। इन्दु बर्मा ६ र कविता कुँवर २ रनमा रनआउट भइन्। छैटौं विकेटको रुपमा रुविना क्षेत्रीले ९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १७ रनमा स्टम्पिङ आउट भइन्। सीता राना मगर डकआउट भइन्। रिया शर्मा ४ र अन्तिम विकेटको रुपमा सुमन विष्ट डकआउट भइन्। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्।

थाइल्यान्डका लागि सर्वाधिक थिपात्चा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ओनिचा काम्चोम्पुले २ चनिडा सुथिरुआङ,सुलीपोन लाओमी र सुनिन्दा चतुरोङ्ग्राताना १–१ विकेट लिइन्। 

नेपालले दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ। आज दोस्रो खेल जिम्बावे र नेदरल्यान्ड्सबीच हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.