election background

प्रतिनिधि सभा निर्वाचन २०८२

क्रिएटर्स मेला २०२६ : सिर्जनाबाट व्यवसायतर्फ नेपाली क्रिएटर्सको यात्रा

क्रिएटर्स मेला २०२६ : सिर्जनाबाट व्यवसायतर्फ नेपाली क्रिएटर्सको यात्रा

काठमाडौं  : नेपालस्थित अमेरिकी दूतावासले क्रिएटर्स मेला २०२६ : भिजन टु भेन्चरको सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रलाई नयाँ उचाइमा लैजाने प्रयास थालेको छ। डिजिटल सामग्री सिर्जनामा सीमित नरही यस वर्षको संस्करणले सिर्जनालाई दिगो र पेसागत व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

क्रिएटर्स मेला शनिबारदेखि चितवनको होटल सिराइचुलीमा सुरु भएको हो। चितवनमा पहिलोपटक आयोजना गरिएको कार्यक्रममा ८ सय भन्दा बढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्स सहभागी भए। दिनभर चलेको कार्यक्रममा दुई हलमा समानान्तर रूपमा प्यानल छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा पिच टु सक्सेस कार्यक्रम सञ्चालन गरियो।

कार्यक्रममा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसी तथा कलाकारहरूको उपस्थिति थियो। साथै टुबी गेमर, इभा गर्ल, श्रीसेस मानन्धर, एकता तण्डुकार, नेपाल एट्थ वन्डर र द के–ओएसलगायतका क्रिएटर्सले आफ्ना अनुभव साझा गरे। कार्यक्रमको समापन गायक यावेश थापाको प्रत्यक्ष सांगीतिक प्रस्तुतिसँगै गरिएको थियो।

क्रिएटर्स मेला माघ १० गते नेपालगन्ज पुग्नेछ भने माघ १६ र १७ गते काठमाडौंमा दुईदिने फिनाले आयोजना हुनेछ। काठमाडौं संस्करणको मुख्य आकर्षण पिच टु सक्सेस रहनेछ, जहाँ छनोट गरिएका क्रिएटर्सले अग्रणी कर्पोरेट नेतृत्वसमक्ष आफ्ना व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत नेपाली क्रिएटर्सलाई विश्वव्यापी बजारमा स्थापित गराउने प्रतिबद्धता दोहोर्‍याए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.