election background

प्रतिनिधि सभा निर्वाचन २०८२

आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट

नेदरल्यान्डले जिम्बावेलाई दियो १२३ रनको विजयी लक्ष्य

नेदरल्यान्डले जिम्बावेलाई दियो १२३ रनको विजयी लक्ष्य
सुन्नुहोस्

काठमाडौं : आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफार्यसमा समूह ‘बी’ अन्तर्गतको दोस्रो खेल नेदरल्यान्डले जिम्बावेलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित १९ ओभरमा १२२ रन बनाउँदै अलआउट भएको हो। 

नेदरल्यान्ड्सका लागि ओपनर फिबी मोल्केनबोरले सर्वाधिक २७ रन बनाइन्। उनले २६ बलमा ४ चौका प्रहार गरिन्। स्टेरे क्यालेसले २६ रन बनाइन् । रुबिन रिज्केले १५,फेड्रिक ओवरडिज्कले १२ रन बनाइन्। सान्या खुराना १३ रनमा अविजित रहिन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ जना खेलाडी डकआउट हुँदा नेदरल्यान्ड्स १२२ मा नै सीमित बनेको  हो। 

नेदरल्यान्ड्सलाई कममै रोक्न क्रिस्टबेल चाट्वोन्वाले सर्वाधिक ५ विकेट लिइन्। कुद्जाई चिगोरा,जोस्पाइन कोमो,ओड्द्रे माज्विशाया र लिन्डोकुले माबेराले १–१ विकेट लिइन्।  समूह बी को पहिलो खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.