election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सेयर बजार ३१ अंकले बढ्यो, ८ अर्बमाथिको कारोबार

सेयर बजार ३१ अंकले बढ्यो, ८ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको हो।

यसदिन ३३८ स्क्रिप्सको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० करोड  २७ लाख  ९७ हजार  ७७५ रुपैयाँमा खरिदबिक्री भए।

से‍यर बजार उच्च अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  सागर डिष्टिलरी,उन्नि सहकारी लघुवित्त वित्तीय संस्था,श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुराँस फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।

२२४ स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स शीर्षस्थानमा रहयो। सो कम्पनीको ५३ करोड मूल्य बराबरको सेयर भयो।

एसवाई प्यानल नेपालले ३७ करोडको सेयर कारोबार गर्दा श्रीनगर एग्रिटेकको २८ करोड,बन्दिपुर केवलकार एण्ड टुरिजमको २५ करोड र राधी विद्युतको २४ करोडको सेयर कारोबार भयो।

यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.७३ प्रतिशतले बढयो। डेभलपमेन्ट बैंकको उपसूचक ३.०३ प्रतिशतले बढ्दा होटल्स एण्ड टुरिजम र मनु एण्ड प्रो समूहको उपसूचक ३ प्रतिशतले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.