election background

प्रतिनिधि सभा निर्वाचन २०८२

विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात

विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात
सुन्नुहोस्

काठमाडौं : आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा विजयी सुरुवात गरेको हो। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराउँदै विजयी सुरुवात गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। 

आयरल्यान्डले दिएको १४७ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन मात्रै बनायो। 

पीएनजीका लागि ओपनर ब्याटर होलान डोरियाले सर्वाधिक १९ रन बनाइन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। अर्की ओपनर कोनियो ओएलाले १६, कप्तान ब्रेन्दा ताउले १३  रन बनाइन्। शिबोना जिम्मीले १५ रन बनाउँदा हिनाओ थोमस १० र इसावेल तोउवा १६ रनमा अविजित रहे। 

आयरल्यान्डका लागि बलिङतर्फ अर्लिन केलिले २ विकेट लिइन्। जेन मग्र्योर, एमी मग्र्योर र लौरा डिलानेले १–१ विकेट लिइन्। 

त्यसअघि, ब्याटिङ गरेको आयरल्यान्डका लागि ओरला प्रेन्डरगास्टले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४४ बलमा ४ चौका र २ छक्का प्रहार गरिन्। कप्तान ग्याबी लुइसले ४२ रन बनाइन्। लिया पलले १६, लौरा डिलानेले १२ र रेबिक्का स्टोकेलले १० रन बनाइन्। 
पीएनजीका लागि हाने लोहिया ताउले सर्वाधिक ४ विकेट लिइन्। मारिया टम र पाउके सियकाले १–१ विकेट लिइन् । 

यससँगै ग्लोबल क्वालिफार्यसको पहिलो दिनको ४ खेल सकिएको छ। समूह 'ए'बाट आयरल्यान्ड र बंगलादेशले विजयी सुरुवात गरेका छन्। समूह 'बी'बाट थाइल्यान्ड र नेदरल्यान्ड्सले अंक सहित सुखद् सुरुवात गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.