election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मध्यक्रम नचल्दा घरेलु मैदानमा पराजित बन्यो नेपाल

मध्यक्रम नचल्दा घरेलु मैदानमा पराजित बन्यो नेपाल

काठमाडौं : नेपालले आइसिसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर्सको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भयो। नेपाल हार्नुमा धेरैवटा कारणहरू रहे। प्रमुख कारण भने नेपाली टिमको ब्याटिङमा मध्यक्रम कोल्याप्स हुनु नै हो। 

नेपालले सोचेभन्दा धेरै राम्रो सुरुवात पाएको थियो। ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले नेपाललाई पहिलो विकेटका लागि ५२ रनको साझेदारीसहितको राम्रो सुरुवात दिलाएका थिए। ओपनिङ राम्रो पाए पनि नेपालको मध्यक्रम कोल्याप्स भयो।

नेपालको मध्यक्रमको ब्याटरहरूले जिम्मेवारी लिन नसकेको कप्तान इन्दु बर्मा आफैं पनि स्वीकार्छिन्। ‘हामीले सुरुवात राम्रो पाएका थियौं। तर, मध्यक्रममा हामीले जुन किसिमको योजना बनाएका थियौं, त्यो योजनाअनुसार हामीले खेल्न सकेनौं,’ कप्तान इन्दु बर्माले पत्रकारहरूसँग भनिन्।

पहिलो विकेट ५२ रनमा गुमाएपछि नेपालले सम्हालिएर राम्रो साझेदारी बनाउन सकेन। दोस्रो विकेटका लागि बिन्दु रावल र पूजा महतोले ३२ रनको सानो साझेदारी बनाए। त्यसपछि भने लगातार विकेट पतन भयो। तेस्रो विकेटका रूपमा पूजा महतोको विकेट गइसकेपछि चौथो विकेट कप्तान इन्दु बर्माको गयो। चौथो विकेटपछि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा रुबिना क्षेत्रीले आएर केही आक्रमक पारी खेलिन्। उनले १० बलमा दुई छक्का र एक चौका सहित १७ रन जोड्दै स्टम्पिङ आउट भएकी थिइन्। नेपालको मध्यक्रम हेर्ने हो भने इन्दु बर्मा ६,कविता जोशी ३ र कविता कुँवर २ रनमा पेभेलियन फर्किए। 

पूजा महतोले १७ बलमा १२ रन बनाइन्। उनी पनि विकेटमा संघर्ष गरिरहिन्। सीता राना मगर नेपालको अनुभवी खेलाडी हुन्। उनको अनुभव ब्याटमा देखिएन। उनी डकआउट भइन्। त्यसपछि तल्लो क्रममा पनि काजल श्रेष्ठ, रिया शर्मा अथवा सुमन बिष्ट कसैले पनि टिमप्रति आफ्नो जिम्मेवारी निभाउन सकेनन्।

नेपालको ब्याटिङमा पहिलो पावरप्ले सकिँदा एक विकेटको क्षतिमा ५२ रन बनाएको थियो। २० ओभरको खेल सकिँदा १२२ रनमा नेपाली टिम अल आउट भयो। आजको खेलमा मध्यक्रमका ब्याटरहरूले योजनाअनुसार खेल्न नसके पनि आगामी खेलमा सुधार गरेर अझ राम्रो क्रिकेट खेल्ने कप्तान इन्दु बर्माले बताइन्। ‘मेरो र पूजाको विकेटले ब्याटिङमा सोचेको जस्तो खेल्न सकेनौं।‌ हामी आगामी खेलमा अझ बलियो भएर आउनेछौं,’ उनले खेलपछि भनिन्।

आजको खेलमा ३०/४० रन कम बनाएको कप्तान बर्माले भनिन्, ‘हामीले आजको खेलमा ३० देखि ४० रन कम बनायौँ। यदि १५० सम्मको लक्ष्य भएको भए पनि हामीले खेल जित्न सक्थ्यौं।’ उनले आफू लगायत मध्यक्रमका ब्याटरले अलिकति जिम्मेवारी लिएर खेल्न सकेको भए खेलको नतिजा फरक हुनेसक्ने बताइन्। ‘मध्यक्रममा मैले, पूजाले, रुबिना दिदी हामीले अलिकति जिम्मेवार भएर सम्हालेर खेल्नुपर्ने हुन्छ त्यसैले आगामी दिनहरूमा अझै बढी सम्हालिएर योजना अनुरूप खेल्ने प्रयास गर्नेछौं।’

नेपाली टिमले घरेलु मैदानमा सुखद सुरुवात निकाल्न सकेन। कारण आज मध्यक्रमको ब्याटिङ प्रमुख रहे पनि फिल्डिङ र बलिङमा पनि नेपालले खासै राम्रो प्रदर्शन प्रस्तुत गर्न सकेन। नेपालका लागि दुई विकेट सिता राना मगरको स्पिनले निकाल्यो। तीव्र गतिका बलर सुमन बिष्ट र कविता कुँवर लगायतका बलर विकेटविहीन बने। रुबिना क्षेत्री, रिया शर्मा र कविता जोशीको स्पिन पनि चलेन। तर सीता राना मगरले चार ओभर बलिङ गर्दै २० रन खर्चेर दुई विकेट लिइन्।

पहिलो इनिङ्समा १२२ रन बनाएको नेपालले थाइल्याण्डलाई सयभन्दा कममा रोक्ने योजना थियो। तर, त्यो योजना सफल नभएको कप्तान इन्दुले खेलपछि बताइन्। ‘१०० भन्दा तल रोक्ने योजना थियो। तर, हामी बीचमा कोल्याप्स भयौं होला। आगामी दिनमा यस पक्षलाई पनि सुधारेर आउनेछौं।’

कप्तान इन्दु बर्मा भने पहिलाको तुलनामा टिमको प्रदर्शन सुधारिएको बताइन्। ‘पहिलाको तुलनामा हामीले निकै राम्रो गरिरहेका छौं। अझै खेलहरू बाँकी छन्। खेलाडीहरू पनि योजनाअनुरूप खेलिरहनुभएको छ विगतको तुलनामा हामीले राम्रो गरिरहेको हुँदा म कप्तानको रूपमा टिमको प्रदर्शनमा सन्तुष्ट छु।’ टिमको प्रदर्शन अझै धेरै ठाउँमा सुधार्नुपर्ने भएपनि आफूहरू आगामी खेलमा अझ सुधारिएर योजनाबद्ध भएर खेल्ने उनले बताइन्।

थाइल्यान्डकी कप्तान नारुइमोल चाईवाईले खेल जितेपछि नेपालले सुरुवात राम्रो पाए पनि मध्यक्रममा आफ्नो टिमको स्पिनरले राम्रो प्रदर्शन गरेको बताइन्। ‘नेपालले सुरुवात राम्रो पाएको थियो। तर, मध्यक्रममा हाम्रो स्पिनरले राम्रो गरे।’ गत वर्ष त्रिदेशीय सिरिजको लागि नेपाल आएको थाइल्यान्डको टिमकी कप्तान भन्छिन्, ‘नेपालको टिम गत बर्षभन्दा ब्याटिङमा थोरै राम्रो भएको रहेछ।’ उनले नेपालको सकरात्मक पक्ष औंल्याउँदै भनिन्, ‘उनीहरुले हरेक बलमा कशिस गरे। हरेक बलमा उनीहरूले गरेको कोशीस काबिलियत तारिफ छ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.