election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जसले जिम्मेवारी छाडेर हिँडे

जसले जिम्मेवारी छाडेर हिँडे

काठमाडौं : पाँच वर्षका लागि काठमाडौंवासीले मतदान गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले साढे तीन वर्षमै राजनीतिक ‘लेन’ बदलेका छन्। स्वतन्त्र जनप्रतिनिधिको उपमा त्याग्दै उनले आइतबार पदबाट राजीनामा दिई राष्ट्रिय राजनीतिमा हाम्फालेका छन्। 

बालेन मात्र होइन, फागुन २१ गते तय भएको प्रतिनिधिसभाको चुनावमा उम्मेदवार हुनका लागि धरान उपमहानगरको प्रमुख हर्क साम्पाङ राईले पनि राजीनामा दिएका छन्।

राजीनामा दिए लगत्तै बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय गए। त्यसलगत्तै उनी जनकपुर पुगी चुनावी यात्रा सुरु गरेका छन्। २०७९ वैशाख ३० गते स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने चर्चा छ। उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ। बालेन्द्रको राजीनामापश्चात् सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्। 

जनताको म्यान्डेटअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर कार्य गर्नुपर्ने बालेन र धरानका हर्क साम्पाङ राईलगायतले राजीनामा दिएका हुन्। ४६ महिना बिताएका हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजबाट म मेयर साप रहिन है ! म आजदेखि धराने जनता ! जय माटो ! जय देश !’ 

२०७९ को स्थानीय निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राई धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित भएका थिए। अहिले हर्क आफैंले श्रम संस्कृति पार्टी  गठन गरेका छन्। उनी पनि आगामी प्रधानमन्त्री घोषणा गर्दै चुनावी प्रचारप्रसारमा व्यस्त छन्।  राईले सुनसरी–१ बाट चुनावी मैदानमा उत्रँदै छन्।

नेपालको संविधान २०७२ मा तीन तहको सरकारको व्यवस्था गरिएको छ । जनताको घरदैलोको स्थायी सरकारका रूपमा लिइने निकाय कार्यवाहकलाई छाड्दै उनीहरू केन्द्रमा होमिएका हुन्। धरानकै वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई पनि राजीनामा दिएका छन्।  चितवन महानगरकी मेयर रेणु दाहालले पनि राजीनामा दिएर प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्।

आउँदो चुनावका लागि स्थानीय तहका मात्र नभई राष्ट्रियसभाका सदस्य र प्रदेश सांसदहरू समेतले राजीनामा दिएका छन्। राष्ट्रियसभा सदस्यहरू नारायणकाजी   श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिए। 

नेकपाका नेता श्रेष्ठले सर्लाही ३ बाट उम्मेदवारी दिन लागेका छन्। नेकपाकै अर्का नेता गौतम बर्दिया १ बाट टिकट पाएका छन् भने न्यौपाने नेकपा एमालेबाट तनहुँ १ मा उठ्दै छिन्।   श्रेष्ठ र गौतम भने यसअघिको प्रतिनिधिसभा चुनाव हारेर पनि राष्ट्रियसभामा सदस्य बनेका थिए। 

यसअघि चुनावकै लागि वर्तमान सरकारका मन्त्री कुलमान घिसिङले राजीनामा दिइसकेका छन् भने सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालेसमेत राजीनामा दिएर चुनावमा भाग लिने संकेत गरिसकेका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष एवं पूर्वसचिव खेमराज रेग्मी पाँचवर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता गरेकोमा अहिले राजीनामा दिनुलाई आकस्मिक घट्ना भन्दै सानो घेराबाट ठूलो वृत्तमा हाम्फालेको रूपमा बुझ्नुपर्ने टिप्पणी गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.