मण्डलले दिए प्रदेश सदस्यबाट राजीनामा, धनुषा-१ बाट उम्मेदवार बन्ने
जनकपुरधाम : मधेश प्रदेशसभाका निवर्तमान सभामुख रामचन्द्र मण्डलले सांसद पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेले धनुषाको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएपछि प्रदेशसभा सदस्य पदबाट उनले राजीनामा दिएका हुन्।
मधेश प्रदेश सभाका प्रदेश सभा सदस्यबाट नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८४ को उपनियम (१) बमोजिम राजीनामा पेश गरेको उल्लेख छ।
धनुषाको निर्वाचन क्षेत्र न १ को (ख) बाट प्रदेशसभाबाट निर्वाचित मण्डल तत्कालीन नेकपा माओवादी केन्द्रबाट यसअघि प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। मण्डल माओवादीको संगठन निर्माणमा बलियो पकड जमाएका व्यक्ति हुन्। निवर्तमान सभामुख मण्डलले पार्टीको निर्देशनानुसार निर्वाचनमा होमिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !