election background

प्रतिनिधि सभा निर्वाचन २०८२

चीनको कारखानामा शक्तिशाली विस्फोट,दुई जनाको मृत्यु, ८४ जना घाइते

चीनको कारखानामा शक्तिशाली विस्फोट,दुई जनाको मृत्यु, ८४ जना घाइते

काठमाडौं : उत्तरी चीनको भित्री मंगोलियास्थित एक कारखानामा भएको शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। पाँचजना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

आइतबार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे भित्री मंगोलियाको बाओगाङ युनाइटेड स्टील प्लान्टमा विस्फोट भएको हो। विस्फोट यति तीव्र थियो कि आसपासका क्षेत्रहरूमा समेत कम्पन महशुस गरिएको बताइएको छ।

घटनासम्बन्धी सार्वजनिक भिडियोहरूमा आकाशतर्फ बाक्लो धूवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ। विस्फोटका कारण कारखानाका केही भाग पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने छाना र पाइपका भग्नावशेषहरू जमिनभरि छरिएका छन्।

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार अस्पतालमा भर्ना गरिएका दर्जनौं घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्।

घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरू गरिएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। विस्फोट कसरी र किन भयो भन्ने विषय खुल्न बाँकी छ।

बाओगाङ युनाइटेड स्टील चीनको ठूलो सरकारी स्वामित्वको फलाम तथा स्टील उत्पादन गर्ने कम्पनी हो। चीनमा विगतदेखि नै औद्योगिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् जसमा कारखाना विस्फोट,खानी भत्किने तथा पहिरो जानेजस्ता घटनाहरूले ठूलो मानवीय क्षति पुर्‍याउँदै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.