एक तोला सुनको मूल्य २ लाख ८२ हजार पुग्यो
काठमाडौं : सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि आइतबार एक तोला सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ५ हजार ८१० रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला चाँदी ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !