election background

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्रिनल्याण्डबारे ट्रम्पको प्रतिक्रिया- डेनमार्कले जे काम गर्न सकेको छैन, अब हामी पूरा गर्नेछौं

ग्रिनल्याण्डबारे ट्रम्पको प्रतिक्रिया- डेनमार्कले जे काम गर्न सकेको छैन, अब हामी पूरा गर्नेछौं
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डबारे फेरि प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, "डेनमार्कले जे काम गर्न सकेको छैन, अब त्यो हामी पूरा गर्नेछौं।"

ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखे,"नेटोले विगत २० वर्षदेखि डेनमार्कलाई भन्दै आएको छ, 'तिमीले ग्रीनल्याण्डबाट रूसी खतरा हटाउनुपर्छ।' दुर्भाग्यवश डेनमार्कले यसबारे केही गर्न असफल भएको छ। अब समय आएको छ र यो गरिनेछ!" 

केही युरोपेली देशहरूले ग्रिनल्याण्डलाई अमेरिकामा समावेश गर्ने ट्रम्पको प्रस्तावको विरोध गरेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। 

यसअघि ट्रम्पले ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशमा १० प्रतिशत भन्सार लगाउने कुरा पनि गरेका थिए।

आइतबार डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले युरोपलाई ब्ल्याकमेल गर्न सकिँदैन भने।

अमेरिकी राष्ट्रपतिको ग्रीनल्याण्डलाई अमेरिकामा समावेश गरिएन भने रूस वा चीनले यसलाई कब्जा गर्ने  तर्क छ।

ग्रिनल्याण्ड डेनमार्क भित्रको अर्ध-स्वायत्त टापु हो। डेनमार्क र केही युरोपेली देशहरूले ट्रम्पको प्रस्तावको विरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.