election background

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेस छाडे लगत्तै हुसैनलाई एमालेको टिकट,सुनसरी–४ मा जगदीश कुसियत हटाइए

कांग्रेस छाडे लगत्तै हुसैनलाई एमालेको टिकट,सुनसरी–४ मा जगदीश कुसियत हटाइए
तस्बिर : अन्नपूर्ण

सुनसरी : नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अबुल हुसैन अन्सारीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्सारीलाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेका छन् । 

यसअघि सुनसरी–४ बाट उम्मेदवार बनाइएका पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य जगदीश कुसियतलाई पार्टीले सुनसरी–२ मा सार्दै अन्सारीलाई टिकट दिएपछि स्थानीय तहमा एमालेभित्र असन्तुष्टि चुलिएको छ ।टिकट वितरणको निर्णयप्रति असहमति जनाउँदै एमाले कार्यकर्ता अजय कुसियतलगायत नेताहरूले पार्टी नेतृत्वले गलत निर्णय गरेको गुनासो गरेका छन् । 

एमालेका अनुसार कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका अन्सारी सोमबार अध्यक्ष ओलीको निवास दुल्लुमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै उनलाई सुनसरी–४ को उम्मेदवारको जिम्मेवारी दिइएको छ । 

एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै अन्सारीले आफूले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै बिताएको बताए । उनले भने,'राजनीतिका थुप्रै उकाली–ओराली कांग्रेसमै रहेर पार गरें। तर पछिल्लो समय कांग्रेसभित्रको किचलो र स्वार्थकेन्द्रित राजनीतिले मलाई विचलित बनायो। कांग्रेसले लोकतन्त्रको मर्म र बीपीको सिद्धान्त बिर्सिंदै गएको महशुस गरेपछि भारी मनका साथ पार्टी परित्याग गर्ने निर्णय गरेँ।'

उनले सुनसरीमा सधैं बाहिरबाट आएका नेताहरूलाई प्राथमिकता दिइँदै आएको र स्थानीय योगदानको उचित मूल्यांकन नहुँदा आफू पीडित भएको बताए । कांग्रेसबाट एमाले प्रवेश गरेका अन्सारीलाई टिकट दिएपछि सुनसरी–४ को राजनीतिक समीकरण थप रोचक बनेको छ ।

यसले  एमालेभित्रको असन्तुष्टिले आगामी दिनमा पार्टीभित्रको आन्तरिक व्यवस्थापन कस्तो हुने भन्ने प्रश्नसमेत उठाएको एमाले कार्यकर्ताको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.