मधेश प्रदेशसभाबाट तीन जनाको राजीनामा

मधेश प्रदेशसभाबाट तीन जनाको राजीनामा
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेशसभाबाट तीन जना सांसदले राजीनामा दिएका छन्। प्रतिनिधिसभा सांसदको उम्मेदवार बनेका तीन जना प्रदेशसभा सदस्यले राजीनामा दिएका हुन्।

मधेश प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व राज्यमन्त्री रहबर अन्सारीले राजीनामा दिएको छ। मधेश प्रदेशसभाका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजीनामा बुझाएका हुन्। यता पूर्व मुख्यमन्त्री सतिष कुमार सिंहले ५ गते बिहान सभामुख रामअशिष यादवलाई गएर राजीनामा बुझाएका हुन्।

निवर्तमान सभामुख मण्डल नेकपा एमालेबाट धनुषा क्षेत्र नं. १, पूर्व राज्यमन्त्री अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नं. १ र सतिष कुमार सिंहले सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट स्वभिमान पार्टीबाट निर्वाचनमा सहभागी हुने भएको जानकारी दिएका छन्। सिंहलाई नेकपा एमालेले सहयोग गर्ने भएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.