टीभीएसद्वारा आयोजित पहिलो अन्तर्राष्ट्रिय रेसिङ एक्सपिरियन्स ‘एआरई जीपी’ नेपालमा सम्पन्न;
काठमाडौं: दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स (ARE GP) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम टिभिएस अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको हो।
नेपालको पहिलो छनोट चरण सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना गरिएको थियो, जहाँ ६० भन्दा बढी राइडरहरू सहभागी भए भने ३०० भन्दा बढी दर्शक तथा मोटरस्पोर्ट्स पारखीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। टिभिएस ARE GP ले सहभागी राइडरहरूलाई सुरक्षित तथा रोमाञ्चक वातावरणमा व्यावसायिक रेसिङको तालिम लिन, प्रतिस्पर्धा गर्न र एड्रेनालिनले भरिएको रेसिङ अनुभव गर्न अवसर प्रदान गर्यो। सहभागीहरूलाई टिभिएस रेसिङ च्याम्पियनहरूद्वारा मार्गदर्शन तथा प्रशिक्षण प्रदान गरिएको थियो।
नेपालमा आयोजित यस प्रतिस्पर्धामा ६० भन्दा बढी राइडरहरूले १० वटा चुनौतीपूर्ण मोडहरू भएको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्र्याकमा प्रतिस्पर्धा गरे, जहाँ उनीहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप टाइमका आधारमा मूल्यांकन गरिएको थियो। च्याम्पियनसिप १६०cc, २००cc र ३१०cc गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो, जसले विभिन्न सेग्मेन्टका राइडरहरूलाई समान अवसरमा आफ्नो रेसिङ सीप परीक्षण गर्ने प्लेटफर्म प्रदान गर्यो।
प्रत्येक श्रेणीका शीर्ष तीन राइडरहरूलाई विशाल दर्शक समूहले उत्साहपूर्वक समर्थन गर्दै प्रशंसा गर्यो। उनीहरूलाई भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किट (MIC) मा आयोजना हुने ARE GP फाइनल्समा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरियो। साथै, उनीहरूलाई २५ हजार नगद पुरस्कार तथा टिभिएस मोटरका विशेष राइडिङ गियरहरू पनि प्रदान गरियो। छनोट चरणका विजेताहरू अब अप्रिल २०२६ मा आयोजना हुने टिभिएस ARE GP ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।
सन् २००७ मा सुरु गरिएको टिभिएस रेसिङ ARE GP च्याम्पियनसिप आज टिभिएस अपाचे राइडरहरूका लागि मनोरञ्जन, सिकाइ र प्रतिस्पर्धाको संगम बनेको एक महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएको छ। सन् २०२५ मा, यो च्याम्पियनसिप नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरहरूमा विस्तार भई विश्वभर १,००० भन्दा बढी अपाचे राइडरहरूलाई समेट्न सफल भएको थियो। पहिलो संस्करणको उल्लेखनीय सफलतापछि, यो संस्करणले च्याम्पियनसिपलाई विश्वव्यापी मञ्चमा विस्तार गर्दै टिभिएस अपाचेका दुई दशक लामो रेसिङ डीएनए र नवप्रवर्तनलाई प्रतिबिम्बित गरेको छ।
श्रेणी विजेता – नेपाल छनोट चरण
१६०cc श्रेणीमा, सुजन थापा मगर विजेता घोषित भए भने विवेक पाण्डे पहिलो उपविजेता र प्रशान्त सुतीहार दोस्रो उपविजेता बने।
२००cc श्रेणीमा, अभिनव राज मल्ल विजेता बने भने निमेष थकुरी पहिलो उपविजेता र मिलन छुश्याबागा दोस्रो उपविजेता घोषित भए।
त्यसैगरी, ३१०cc श्रेणीमा, दिलिप दनुवार विजेता बने भने राम विक्रम थापा पहिलो उपविजेता र श्रीतेश थापा दोस्रो उपविजेता बने।
यस अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका प्रिमियम बिजनेस प्रमुख विमल सुम्ब्लीले भने, “टिभिएस अपाचेको २० वर्षे यात्रालाई मनाउँदै गर्दा, टिभिएस रेसिङ ARE GP को अन्तर्राष्ट्रिय विस्तार हाम्रो सीमाना तोड्ने र नयाँ मापदण्डहरू स्थापना गर्ने यात्राको स्वाभाविक निरन्तरता हो। टिभिएस रेसिङ ARE GP ले मोटरस्पोर्ट्स इकोसिस्टमको आधारभूत संरचना निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ र नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल पारखी समुदायले यसलाई आदर्श गन्तव्य बनाएको छ।”
त्यसैगरी टिभिएस मोटर कम्पनीका अनुसन्धान तथा विकास (R&D) का वरिष्ठ उपाध्यक्ष आर. बाबुले थपे, “हामी यो रेसिङ प्लेटफर्ममार्फत राइडरहरूलाई व्यावसायिक स्तरको रेसिङ अनुभव प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं। नेपालमा टिभिएस मोटर कम्पनी एक महत्वपूर्ण खेलाडीको रूपमा स्थापित भइसकेको छ र यहाँको दुई पाङ्ग्रे सवारी उद्योग निरन्तर रूपमा वृद्धि भइरहेको छ। ब्रान्डको बढ्दो विश्वव्यापी उपस्थितिसँगै, टिभिएस रेसिङले मोटरस्पोर्ट्सलाई विश्वमञ्चमा लैजाने ऊर्जावान, जोडिएको र गतिशील राइडर समुदाय निर्माण गरिरहेको छ।”
टिभिएस रेसिङ ARE GP को विश्वव्यापी विस्तारले यस प्लेटफर्मलाई एक प्रमुख अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स च्याम्पियनसिपका रूपमा विकास गर्ने टिभिएस रेसिङको दीर्घकालीन दृष्टिकोणलाई स्पष्ट रूपमा उजागर गर्दछ। वर्षौंदेखि टिभिएस रेसिङले विभिन्न श्रेणीमा ३,००० भन्दा बढी राइडरहरूलाई प्रशिक्षण दिँदै आएको छ, जसअन्तर्गत विश्वस्तरीय मार्गदर्शन, रेसका लागि ट्युन गरिएका मोटरसाइकलहरू तथा उच्चस्तरीय सुरक्षा उपकरणहरू प्रदान गरिएको छ।
दिनभर चलेको कार्यक्रममा ह्विली र्याम्प, स्टन्ट शो तथा जिमखाना सेसन जस्ता गतिविधिहरू समावेश थिए, जसले २०० भन्दा बढी दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्यो। कार्यक्रमको अन्त्यमा DJ सुजन, DJ किरण र DJ साबिनको प्रस्तुतीले राइडर तथा मोटरस्पोर्ट्स पारखीहरूलाई पूर्ण मोटरस्पोर्ट्स फेस्टिभलको अनुभव प्रदान गर्यो।
यस अवसरमा जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर शाहिल अग्रवालले भने, “मोटरस्पोर्ट्सले सधैं युवापुस्तालाई प्रेरित गर्दै आएको छ र नेपालबाट सुरु भएको टिभिएस ARE GP को अन्तर्राष्ट्रिय सुरुवातले युवाहरूको आकांक्षालाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउन सहयोग गर्नेछ। यो रेसिङ ढाँचाले परफर्मेन्स मोटरसाइकलिङको दृश्यता उल्लेखनीय रूपमा बढाउने, स्थानीय प्रतिभाको विकास गर्ने तथा डिलरशिपहरूलाई थप ऊर्जावान बनाउनेछ, साथै राइडर, मोटरस्पोर्ट्स पारखी र समुदायलाई एकै ठाउँमा जोड्नेछ। नेपालका राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न, विकास गर्न र देशको प्रतिनिधित्व गर्ने अवसर सिर्जना गर्न टिभिएस मोटर कम्पनीसँग साझेदारी गर्न पाउँदा हामी गर्व महसुस गर्छौं।”
चार दशकभन्दा लामो रेसिङ विरासत बोकेको टिभिएस रेसिङले टिभिएस अपाचे सिरिजको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ, जसले हालै विश्वभर ६५ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूको उपलब्धि पार गरेको छ। एक अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्डका रूपमा, टिभिएस अपाचेले परफर्मेन्स, प्रविधि तथा नवप्रवर्तनमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !