election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बुटवलमा सीजी डिजिटलको २८औं शोरुम सञ्चालनमा: २५% सम्मको छुट र आकर्षक उपहारको घोषणा

बुटवलमा सीजी डिजिटलको २८औं शोरुम सञ्चालनमा: २५% सम्मको छुट र आकर्षक उपहारको घोषणा
सुन्नुहोस्

बुटवल : नेपालको अग्रणी मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आज रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औं अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। सोनाम लोसारको अवसर पारेर सञ्चालनमा ल्याइएको यस शोरुमको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो। 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र विशिष्ट अतिथि बुटवल उद्योग  वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल , उद्योग ब्यापार संघ- अद्क्ष्य लोकनाथ पन्थी तथा कम्पनिका महाप्रबन्धक बसन्त पालले संयुक्त रूपमा रिबन काटी शोरुमको उद्घाटन गर्नुभयो।

विश्वविख्यात ब्राण्डहरूको संगम

यस नयाँ शोरुममा ग्राहकहरूले विश्वस्तरीय र भरपर्दो ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू एकै छानामुनि पाउनेछन्। यहाँ LG, CG,CG Meridia, TCL, Godrej, Beko, Midea, Sensei, Kent, elica, Black+Decker, Crompton, Burly जस्ता प्रसिद्ध ब्राण्डका घरायसी उपकरणहरू उपलब्ध छन्। साथै, ग्याजेट प्रेमीहरूका लागि iPhone, Nothing, CMF, Motorola र AI+, का पछिल्ला उत्पादनहरू समेत प्रदर्शनमा राखिएका छन्।

ग्राहक केन्द्रित विशेष सेवा तथा सुविधाहरू

सीजी डिजिटलले बुटवलबासी ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निम्न बमोजिमका प्रिमियम सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ:

नि:शुल्क डेलिभरी र जडान: खरिद गरिएका सामानहरू सुरक्षित रूपमा घरसम्म पुर्‍याउने र दक्ष प्राविधिकद्वारा नि:शुल्क जडान गरिदिने।

शून्य प्रतिशत ब्याजमा EMI: ग्राहकले कुनै पनि अतिरिक्त ब्याज बिना सरल किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने तथा नागरिकताको आधारमै किस्ताबन्दीमा सामान लैजान सकिने व्यवस्था समेत उपलब्ध गराएको छ।
एक्सचेन्ज सुविधा : पुराना इलेक्ट्रोनिक्स सामानसँग नयाँ सामान साट्न सकिने विशेष व्यवस्था।
लोयल्टी प्रोग्राम : पुराना र नियमित ग्राहकहरूका लागि विशेष रिवार्ड र सहुलियत।
नि:शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स : सामानको आयु र कार्यक्षमता बढाउन समय–समयमा गरिने नि:शुल्क प्राविधिक जाँच।
 
उद्घाटन विशेष अफर

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष धमाकेदार अफरहरू सार्वजनिक गरिएको छ:
२५% सम्मको नगद छुट: अधिकतम खुद्रा मूल्यमा २५% प्रतिशतसम्मको भारी छुटको व्यवस्था।
निश्चित उपहार : प्रत्येक ठुला सामान खरिदमा ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको व्यावसायिक केन्द्रमा सीजी डिजिटलको उपस्थितिले उपभोक्तालाई गुणस्तरीय विकल्प प्रदान गर्ने र यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।

यो शोरुम आजैदेखि ग्राहकहरूका लागि खुल्ला रहनेछ। अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाको अनुभव लिन सम्पूर्ण बुटवलवासीलाई कम्पनीले हार्दिक निमन्त्रणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.