स्याङ्जा कांग्रेसको उम्मेदवार क्षेत्र १ मा भरतराज र २ मा भागवत
स्याङ्जा : फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट भरतराज ढकाल र भागवतप्रकाश मल्ल उम्मेदवार हुने भएका छन्।
प्रतिनिधिसभाका सदस्यका २ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा ढकाल र र क्षेत्र नम्बर २ मा मल्ललाई उम्मेदवार बनाउने गरी केन्द्रले निर्णय गरेको हो।
क्षेत्र नं. १ का उम्मेदवार आँधीखोला गाउँपालिकाका ढकाल मुक्तिनाथ विकास बैंकका पूर्व कार्यकारी प्रमुख हुन भने हाल मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष पनि हुन्। यसैगरी, क्षेत्र नं. २ का उम्मेदवार चापाकोट नगरपालिकाका मल्ल गण्डकी प्रदेशका पूर्व सदस्य हुन।
प्रतिक्रिया दिनुहोस !