रसुवामा विभिन्न दलले गरे उम्मेदवार चयन
रसुवा : रसुवामा रहेका राजनीतिक दलहरूले आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवार चयन गरिसकेका छन्।
मंगलबार ६ गते हुने मनोनयन गर्नका लागि नेपाली कांग्रेस (गगन थापा पक्ष)बाट मोहन आचार्यले उम्मेदवारी दिने भएका छन्। उनी २ पटक नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन्।
नेकपा एमालेबाट केन्द्रीय सदस्य प्रेमबहादुर तामाङ उम्मेदवार भएका छन्। २०६४ सालमा तत्कालीन नेकपा माओवादी पार्टीबाट संविधानसभा सदस्य तथा २०७४ सालमा नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाली कम्युनिस्ट पार्टीबाट भने अझै उम्मेदवार चयन भएको छैन। रास्वपाबाट युवा वसन्त भट्ट चयन भएका छन्। मंगोल नेशनल अर्गनाइजेनबाट बिनोद थिङले उम्मेदवारी दिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !