टिकट नपाएपछि १८ वर्षपछि शशांकको संसदीय यात्रामा ब्रेक
नवलपुर : नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शंशाक कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट १८ वर्षपछि चुनाव लड्नबाट बञ्चित भएका छन् । लगातार ४ पटक सो क्षेत्रबाट जितेका शशांकले यो पटक टिकट पाएनन् ।
उनको ठाउँमा गजेन्द्रबहादुर आलेमगरलाई टिकट दिइएको छ । टिकटका लागि शशांकले आफ्ना प्रतिनिधिमार्फत् सोमबार मध्यरातसम्म लबिङ गरेका थिए।
सभापति गगन थापा निकट एक केन्द्रीय सदस्यले सामाजिक सञ्जालको विरोध र स्थानीय नेता कार्यकर्ताले निरन्तर भेटेर दवाव दिएपछि संसदीय बोर्ड टिकट दिन पछि हटेको बताए। कोइरालाको स्थानमा टिकट प्राप्त गरेका आले कांग्रेस महासमिति सदस्य हुन् ।
गैंडाकोट नगरपालिकाका उनले यस अघि गैंडाकोट नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका थिए। नवलपुरको क्षेत्र नम्बर २ मा भने बिष्णु प्रसाद लामिछानेले टिकट प्राप्त गरेका छन् । उनी कांग्रेसका गण्डकी प्रदेश समितिका महामन्त्री हुन् ।
प्रतिक्रिया दिनुहोस !