अर्घाखाँचीमा अहिलेसम्म ४ जनाको उम्मेदवारी
अर्घाखाँची : एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि अहिलेसम्म ४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हरि प्रसाद भुसालले उम्मेदवारी दर्ता गरेका छन्। रास्वपाको जिल्ला सभापति हरिप्रसाद भुसाल २०७९ को निर्वाचनमा पनि उम्मेदवार रहेका थिए। राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दललाई समय निर्धारण गरेर उम्मेदवारी दर्ताको समय दिएको र सोही अनुसार उम्मेदवारी दिन आइरहेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !