ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ताप्लेजुङ : ताप्लेजुङका २ प्रभावशाली युवा नेता एमालेमा प्रवेश गरेका छन्। नेकपाका कोशी प्रदेश सदस्य रक्की थेबे र नेपाली कांग्रेसको तरुण दल पाथीभरा याङ्वरक गाउँपालिका समितिका सभापति दिपेश मेन्याङ्बो एमाले प्रवेश गरेका हुन्।
उनीहरूलाई एक समारोहबीच एमालेका उपमहासचिव योगेश भट्टराई, युवासंघ नेपालका केन्द्रीय अध्यक्ष एवं एमालेका संसदका उमेदवार क्षितिज थेबे लगायतकाले स्वागत सहित पार्टी प्रवेश गराएका थिए।
प्रतिक्रिया दिनुहोस !