election background

प्रतिनिधि सभा निर्वाचन २०८२

धनुषा १ मा नेकपा एमालेबाट मण्डलको मनोनयन दर्ता

धनुषा १ मा नेकपा एमालेबाट मण्डलको मनोनयन दर्ता
सुन्नुहोस्

जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र न १ बाट नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डल मनोनयन दर्ता गराएका छन्। नवर्तमान सभामुख समेत रहेका मण्डलले धनुषाको निर्वाचन क्षेत्र न १ को निर्वाचन कार्यालय धनुषाधामस्थित कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्।

एमाले लेखा समिति सदस्य लक्ष्मीनारायण यादव प्रस्ताव र एमाले नेत्री सबिता यादवको समर्थनमा मनोनयन पत्र दर्ता गराएका हुन्। मण्डल यसअघि पनि धनुषाको क्षेत्र न १ (ख) बाट प्रदेशसभाको निर्वाचनमा दोस्रो पटक विजयी हासिल गरेका थिए। यसअघि २०७९ को निर्वाचनमा नेकपा एमाले र २०७४ निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए। 

दोस्रो कार्यकालमा नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका मण्डल सभामुख भएका थिए। तर हाल राजीनामा दिएर पुनः प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका हुन्। मण्डल माओवादीको संगठन निर्माणमा बलियो पकड जमाएका व्यक्ति हुन्। धनुषा १ मा एमालेको संगठनात्मक ढाँचा सुदृढ रहेको एमाले पूर्व जिल्ला अध्यक्ष राजकिशोर यादवले दाबी गरे। मनोनयनको क्रममा उनीहरूले धनुषाधाम नगर परिक्रमा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.