election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भोजपुरमा उत्साहपूर्ण मनोनयन

भोजपुरमा उत्साहपूर्ण मनोनयन

भोजपुर : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा उत्साहजनक उम्मेदवार मनोनयन दर्ता भएको छ। निर्वाचनका लागि आफ्ना दलबलसहित विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मुख्य निर्वाचन कार्यालय भोजपुरमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसपटकको चुनावका प्रत्याशीहरूमध्ये केही पुराना अनुहारबाहेक अधिकांश नयाँ अनुहार देखिएका छन्। मनोनयन दर्ताका क्रममा उम्मेदवारी दिएका सबै उम्मेदवार तथा समर्थकहरूमा निर्वाचनलाई लिएर उत्साह र विश्वास देखिएको छ। जिल्ला अदालत भोजपुरस्थित मुख्य निर्वाचन कार्यालयमा मंगलबार बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु भएको थियो। मनोनयन दर्ताको सुरुवात नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासीले गरेका थिए।

यस्तै छैटौँ पटकका लागि नेकपा एमालेबाट निर्वाचनमा उभिएका कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। केही समयअघि मात्रै नेकपा एमाले त्याग गरेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका टेम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष ध्रुवराज राईले पनि आफ्नो उम्मेदवारी मनोनयन गराए। त्यस्तै यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बलियो प्रत्याशी मानिएका नेपाली कम्युनिस्ट पार्टीबाट अजम्बर राई काङमाङ र नेपाली कांग्रेसबाट बालकृष्ण थापाले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रतिनिधिसभाका लागि एउटै मात्र क्षेत्र रहेको भोजपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश प्रसाद ओझा, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट चन्द्र प्रसाद राई, नेकपा (माओवादी)बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपाल कुमार राई र आम जनता पार्टी (एकल चुनाव चिह्न)बाट युवराज थापाको उम्मेदवारी दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन प्रशासन प्रतिबद्ध रहेको बताए। उनले लोकतन्त्रको सुदृढ अभ्यासका रूपमा निर्वाचनको महत्व उल्लेख गर्दै आम मतदाताले ढुक्कका साथ मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिने स्पष्ट पारे।

आसन्न निर्वाचनका लागि सम्पूर्ण आवश्यक तयारीहरू तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए। उनले मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्री तयारी तथा आन्तरिक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको बताए। जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा आगामी निर्वाचनमा कुल १ लाख २५ हजार ७ सय ६६ जना मतदाता रहेका छन्। भने भोजपुरमा ८७ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.