धनकुटामा १८ जनाको उम्मेदवारी
धनकुटा : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गर्नेमा पूर्वमन्त्री देखि स्वतन्त्र व्यक्ति समेत रहेका छन्।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईले उम्मेदवारी दर्ता गराएका छन्। उनी विघटित प्रतिनिधि सभा सदस्य समेत हुन्। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति दिनेश राईले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट केन्द्रिय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विभत्सु थापा, जनता समाजवादी पार्टी नेपालको तर्फबाट आइतराज लिम्बु (चेम्जोङ), श्रम संस्कृति पार्टीबाट सानवहादुर राई, नेपाल मजदुर पार्टी उत्तम साखकर्मी, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राई जनता समाजवादी पार्टी निशान राई, प्रेमकुमार थापा आम जनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी सालिक राम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बालकुमार ताम्ली र स्वतन्त्र उम्मेदवारको रुपमा मनकुमार योञ्जन, लाक्पा तामाङ, जितेन्द्र राई र गंगाराम गोम्देन छन्।
प्रतिनिधिसभा एक निर्वाचन क्षेत्र रहेको धनकुटामा कुल मतदाता संख्या १ लाख १८ हजार ४ सय २५ जना रहेका छन्। जसमध्ये ५८ हजार ९ सय ४२ र पुरुष मतदाता ५९ हजार ४ सय ८३ जना छन्। जिल्लामा कुल मतदान स्थल १ सय १९ र केन्द्र १ सय ६६ रहेको छन्। कुल केन्द्र वाहेक दुई अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !