अर्घाखाँचीमा एक महिलासहित १५ जनाको उम्मेदवारी
अर्घाखाँची : अर्घाखाँचीमा विभिन्न पाटी र स्वतन्त्र गरि एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) कको उम्मेदवारी दर्ता भएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कानले दर्ता गरेका हुन्। अर्घाखाँचीमा एक महिला सहित १५ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्।
नेकपा एमालेबाट पिताम्बर भुसालको उम्मेदवारी परेको छ। नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका भुसाललाई एमालेले उम्मेदवारी बनाएको हो। नेपाली कम्युनिस्ट पाटीको तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरि प्रसाद भुसाल, नेकपा माओवादीबाट खिम बहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पाटीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पाटीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन्।
महिला उम्मेदवार स्वतन्त्रबाट एक जनाको मात्र परेको छ। पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। त्यस्तै मंगल नेशनल अर्गनाइजेसन पाटीबाट सुर्य बहादुर गुरुङ, जनता समाजबादी पाटीबाट टुकबहादुर चेवाली, आम जनता पाटीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णु बहादुर गाहा,स्वतन्त्रबाट र हिमाल भुसालले उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !