election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मुगुमा ७ दलका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

मुगुमा ७ दलका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

मुगु: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगु जिल्लामा सात राजनीतिक दलले आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयसीमाभित्र नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (‘विप्लव’) र प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट खड्कबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल, नेकपा माओवादी (नेत्र विक्रम चन्द) बाट रंगवीर परियार (संगम) र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐटन मल्लले उम्मेदवारी दर्ता गराएका छन्।

सात दलका उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाही पुराना र अनुभवी राजनीतिज्ञ हुन्। उनले २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए। २०५६ सालको निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार कर्मे जैसीलाई पराजित गरेका थिए भने अन्य दुई निर्वाचनमा कांग्रेसका हस्तबहादुर मल्लसँग पराजित भएका थिए।

शाही २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट प्रदेश निर्वाचन क्षेत्र (ख) बाट नेपाली कांग्रेसका खड्कबहादुर शाहीलाई पराजित गर्दै कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। एमाले विभाजनपछि उनी माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन्।

चन्द्रबहादुर शाहीबाहेक अन्य छ दलका उम्मेदवारहरू मुगुमा प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहारका रूपमा देखिएका छन्। नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकाया यसअघि जिल्ला समन्वय समिति मुगुको प्रमुखमा निर्वाचित भएका थिए र हाल नेकपा एमाले मुगुका अध्यक्षसमेत हुन्।

नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर शाही कांग्रेसका पूर्व जिल्ला सभापति हुन्। शाही २०७४ को कर्णाली प्रदेश मुगु निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारी भए पनि चन्द्रबहादुर शाहीबाट पराजित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटा मुगुमा ‘जेन–जी’ अभियानका अगुवा रूपमा चिनिन्छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्ल, नेकपा माओवादी (नेत्र विक्रम चन्द) बाट रंगवीर परियार (संगम) तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लसहित नयाँ अनुहारका ६ जना पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.