election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पर्सामा ४ पूर्वमन्त्रीसहित १०९ जनाले दिए उम्मेदवारी

पर्सामा ४ पूर्वमन्त्रीसहित १०९ जनाले दिए उम्मेदवारी
सुन्नुहोस्

वीरगन्ज : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा १०९ जनाको उम्मेदवारी परेको छ। पर्सामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। मंगलबार भएको मनोनयन दर्तामा पर्सामा कुल १०९ जनाको उम्मेदवारी परेको हो। तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ४४ जना छ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी चार प्रतिनिधिसभा सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेकोमा तीमध्ये दलगत उम्मेदवारी दिने ६५ जना र स्वतन्त्र उम्मेदवार बन्नेको संख्या ४४ जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका सूचना अधिकारी प्रभाकर मल्लिकले दिए।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि कुल ३० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये दलगत रूपमा २० जनाको र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका सूचना अधिकारी मल्लिकले जानकारी दिए।

पर्सा–१ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवले उम्मेदवारी दिएका छन्। यसअघि २०७९ र २०७४ को निर्वाचनमा भने उनी यसै क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै पर्सा–१ मै नेपाली कांग्रेसबाट पूर्वसांसद तथा कांग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा, जनता समाजवादी पार्टीबाट रामनरेसप्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह पराग, श्रम संस्कृति पार्टीबाट वासिम शेख, नेपाली कम्युनिस्ट पार्टीबाट अजयकुमार चौरसिया, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, राप्रपाबाट नन्दकिशोर श्रीवास्तव, पिपुल फस्ट पार्टीबाट जावेद इकबाल हैदर, नेपाल मजदुर किसान पार्टीबाट प्रमोद पटेल, जनअधिकार पार्टीबाट महेन्द्र पासवान, राष्ट्र निर्माण दलबाट महमद उमर खान, आम जनता पार्टीबाट विश्वराज पटेल, नेपाली जनता पार्टीबाट सुरेश साह कानु छन्।

त्यस्तै पर्साको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएकोमा तीमध्ये दलगत उम्मेदवार १८ जना र स्वतन्त्र उम्मेदवारी दिने १४ जना रहेको निर्वाचन अधिकृत मधु आचार्यले जानकारी दिए। दलगत रूपमा नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अजयकुमार चौरसियाले उम्मेदवारी दिएका छन्। यसअघि २०७९ को निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानुले उम्मेदवारी दिएका छन्। 

२०७९ को निर्वाचनमा भने उनी जनता समाजवादी पार्टीबाट यसै क्षेत्रमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्षमा निर्वाचित भएका थिए। यसैगरी जनता समाजवादी पार्टी नेपालबाट उद्योगपति अशोक टेमानीले उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट रिमा यादव र राप्रपाबाट पूर्वसांसद विना कुमारी जैसवालले उम्मेदवारी दिएकी छन्। यस्तै कांग्रेसबाट टिकट नपाएपछि पार्टीबाट विद्रोह गरेर पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि २३ जनाको उम्मेदवारी परेकोमा तीमध्ये दलगत उम्मेदवार १४ जना र स्वतन्त्र उम्मेदवार ९ जना रहेको निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले जानकारी दिए। नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। चौधरी २०७९ को निर्वाचनमा पराजित भए पनि २०७० को निर्वाचनमा सांसदमा निर्वाचित भएका थिए। यस्तै नेकपा एमालेबाट व्यावसायिक पृष्ठभूमिका रुपेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्माण व्यवसायी रमाकान्त चौरसिया, नेपाली कम्युनिस्ट पार्टीबाट छाटेलाल साहले उम्मेदवारी दिएका छन्।

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये दलगत उम्मेदवारी दिने १३ जना र स्वतन्त्र उम्मेदवार ११ जना छन्। नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजालले उम्मेदवारी दिएका छन्। २०७९ को निर्वाचनमा पनि उनी यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै नेकपा एमालेबाट जालिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, नेपाली कम्युनिस्ट पार्टीबाट जयप्रकाश थारुले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.