election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिका, नेदरल्यान्ड्स, थाइल्यान्ड र बंगलादेश विजयी

अमेरिका, नेदरल्यान्ड्स, थाइल्यान्ड र बंगलादेश विजयी

काठमाडौं : आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह ए अन्तर्गत खेलमा अमेरिकाले पहिलो जित दर्ता गरेको छ। माथिल्लो मूलपानी मैदानमा भएको खेलमा अमेरिकाले नामिबीयालाई ४ विकेटले हराएको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित २० ओभरका ६ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। नामिबीयाले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेट गुमाउँदै १९.२ ओभरमा १४५ रनसहित लक्ष्य पूरा गरेको हो। 

त्यस्तै मंगलबार भएको अर्को खेलमा स्कटल्यान्डलाई ७ रनले हराउँदै नेदरल्यान्ड्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। 

नेदरल्यान्ड्सले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन मात्रै जोड्यो। स्कटल्यान्डका लागि कप्तान काथ्र्यान बार्सीले सर्वाधिक ४२ रन बनाइन्। उनले ४० बलमा ५ चौका प्रहार गरिन्। ओपनर काथरिन फ्रासरले ४१ रन बनाइन्। सारा बार्सीले ३० रन र मेगन एमसीकोलले १० रन बनाइन्। एल्सा लिस्टर १३ र प्रियान्ज चतर्जी १ रनमा अविजित रहिन्। 

त्यस्तै समूह ‘बी’ को खेलमा जिम्बावेलाई १ रनले पराजित गर्दै थाइल्यान्डले प्रतियोगितामा दो्रस्रो जित दर्ता गरेको छ। माथिल्लो मूलपानी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। 

थाइल्यान्डले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा ६ बलमा १० रन चाहिएको अवस्थामा जिम्बावेले ७ रन जोड्दै अन्तिम बलमा विकेट गुमाउँदै ११४ रनमा सिमित बन्यो। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा विकेट गुमाउँदै जिम्बावे पहिलो जित निकाल्न असफल भएको हो।
त्यस्तै बंगलादेशले पपुवा न्युगिनी(पीएनजी)लाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। बंगलादेशले पीएनजीलाई ३० रनले हराएको हो। त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। 

बंगलादेशले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन बनाएको हो। पीएनजीका लागि कप्तान बिन्दा ताउले सर्वाधिक ३५ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ओपनरद्वय होलन डोरिगा र कोनिओ ओलाले क्रमशः २१ र १२ रन बनाए। 

सिबोना जिम्मीले २८ रन र नाओनी बारेले १५ रन बनाइन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा बंगलादेशका लागि सन्जिदा अख्तर, रबिया खान, रितु मोनी, माहिमा खातुन, सोबाना मोस्त्रे र सोर्ना अख्तरले १-१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि सोर्ना अख्तरले सर्वाधिक ३७ रन बनाइन्। मध्यक्रममा आएकी सोर्नाले १४ बलमा १ चौका र ४ छक्का प्रहार गरिन्। ओपनद्वय जैरिया फिर्दोस र सर्मिन अख्तरले क्रमशः १७ र २८ रन बनाए। कप्तान निगर सुल्तानाले ६ रन बनाउँदै रनआउट भएकी थिइन्। सोभाना मोस्त्रे ३४ र रितु मोनी ५ रनमा अविजित रहे। बलिङ तर्फ पीएनजीका लागि माइरी तोम,हिनाओ थोमस र दिका लोहिआले १-१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.