साफ यु-१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौं : साफ यु-१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। पोखरा रंगशालामा हुने यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।
साफको प्रतियोगिता धेरै पछि काठमाडौंबाहिर हुँदैछ। नेपालले पहिलो खेल माघ १७ गते भारतसँग खेल्नेछ। प्रतियोगिताको लिग चरणको शीर्ष २ टिमले फाइनल खेल्नेछन्।
नेपालको खेल तालिका
माघ १९ : नेपाल भर्सेस भुटान
माघ २१ : नेपाल भर्सेस बंगलादेश
फाइनल खेल : लिगका शीर्ष २ टिम
प्रतिक्रिया दिनुहोस !