election background

प्रतिनिधि सभा निर्वाचन २०८२

झापामा पाँच सिटका लागि ९० जनाको उम्मेदवारी (नामावलीसहित)

झापामा पाँच सिटका लागि ९० जनाको उम्मेदवारी (नामावलीसहित)
सुन्नुहोस्

झापा : झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँच सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।  

भद्रपुर, मेचीनगर, अर्जुनधारा, कनकाई र दमकका निर्वाचन अधिकृतको कार्यालयमा हर्सोल्लासका साथ उम्मेदवारी दर्ता भएको हो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएको क्षेत्र झापा ५ मा सबैभन्दा बढी २४ जनाले उम्मेदवारी दिएका छन् भने झापा क्षेत्र नम्बर १ मा सबै भन्दा कम १५ जनाले उम्मेदवारी दिएका छन्। 

झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, श्रम संस्कृति पार्टीबाट केवलराम राई, नेकपा (एमाले)बाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की, नेपाली काँग्रेसबाट केशवराज पाण्डे, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु कुरुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनबहादुर साँवा लिम्बू, जनता समाजवादी पार्टीबाट रमा मेचे, नेपाल मजदुर किसान पार्टीबाट हिरणकुमार भट्टराई, नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशी, स्वतन्त्रबाट दुर्गाबहादुर साँवा लिम्बू र गणेशकुमार पोखरेलले उम्मेदवारी दिएका छन्। 

झापा निर्वाचन क्षेत्र नम्बर २ बाट १८ जनाले उम्मेदवारी दिएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट अकलबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, जनता समाजवादी पार्टीबाट तिलबहादुर राई, श्रम संस्कृति पार्टीबाट केशवबहादुर भण्डारी, नेकपा एमालेबाट देवराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मशिला चापागाईँ, नेपाली काँग्रेसबाट सरिता प्रसाईँ, उज्यालो नेपाल पार्टीबाट चूडा कर्ण बेघा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट श्रीप्रसाद सिटौला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अर्जुनकुमार पाण्डे, जनमत पार्टीबाट रमेशकुमार राजवंशी, नेपाल जनमुक्ति पार्टीबाट मानबहादुर पुलामी मगर, स्वतन्त्रबाट पुण्यप्रसाद आचार्य, युवराज सङ्ग्रौला र रमेशकुमार कार्कीले उम्मेदवारी दिएका छन्।  

त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट १७ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी लधु, राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, जनमत पार्टीबाट हर्षलाल राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट यमकुमार श्रेष्ठ, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेकपा एमालेबाट हरि राजवंशी, नेपाली काँग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट डिल्लीराम घिमिरे, जसपाबाट विनीताकुमारी राजवंशी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, जसपा नेपालबाट कर्णलाल राजवंशी, नेशनल रिपब्लिक नेपालबाट जयन मगर, नेकपा (माओवादी विप्लव)बाट सन्तोष कटुवाल, स्वतन्त्रबाट मानबहादुर सङ्ग्रौला र अभय राजवंशीले उम्मेदवारी दिएका छन्। 

झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट १६ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टी शम्भुप्रसाद ढकाल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिलीप धिमाल, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)बाट टेकबहादुर अधिकारी, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेकपा एमालेबाट लालप्रसाद साँवा लिम्बू, नेपाली कम्युनिस्ट पार्टीबाट पुरुषोत्तम चुँडाल, नेपाली काँग्रेसबाट देउकुमार थेबे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लिङदेन, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट ताराबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट तुलसी लक्ष्मी दुमरु, जनता समाजवादी पार्टीबाट पल्टन ताजपुरिया, जनमत पार्टीबाट लोश्रो हेमरम, राष्ट्रिय मुक्ति पार्टीबाट त्रिनारायण राजवंशी र स्वतन्त्रबाट साजन माझी उम्मेदवारी दिएका छन्। 

त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर ५ मा २४ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, जनमत पार्टीबाट अमृतलाल महतो, नेकपा एमालेबाट केपी शर्मा ओली, पिपुल फस्र्ट पार्टीबाट धर्मराज गुरागाईँ, नेपाल जनमुक्ति पार्टीबाट पदमबहादुर जवेगु, नेपाली काँग्रेसबाट मंधरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सङ्ग्रौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट सञ्जय राई, राष्ट्रिय परिवर्तन पार्टी बाट सविन राई, मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, जनता समाजवादी पार्टी नेपालबाट धिरेन सुब्बा, श्रम संस्कृति पार्टीबाट समीर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, स्वतन्त्रबाट खेमनाथ शिवाकोटी, डम्बर साहु, मातृका भट्टराई, पुष्कर खतिवडा, शोभा भण्डारी, रञ्जना गौतम, प्रकाश नेपाल, विपुल गुरागाईँ र अर्जुन सापकोटाले उम्मेदवारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.