election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पर्सा २ मा चौरसियालाई विद्रोहीसँगै युवा उम्मेदवारको चुनौती

पर्सा २ मा चौरसियालाई विद्रोहीसँगै युवा उम्मेदवारको चुनौती
सुन्नुहोस्

वीरगन्ज : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। तीन पटकका सांसद र दुई पटकका मन्त्री (एक पटक सहायकमन्त्री ) बनिसकेका अजयकुमार चौरसिया यसपटक फेरि पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै चुनावी मैदानमा उत्रिएका छन्। 

२०७९ को निर्वाचनमा जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई ५ हजार बढीको मतान्तरले हराउँदै चौरसिया सांसदमा निर्वाचित भएका थिए। पूर्वमन्त्री चौरसियालाई भने यसपटक आफ्नै दलबाट विद्रोह गरेर पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारी दिएपछि अप्ठ्यारो पर्ने अनुमान छ। पर्सा-२ बाटै उम्मेदवारका आकांक्षी तेलीले अन्तिम समयसम्म टिकट लिनका लागि अडान राखेका थिए। तर, पार्टीले चौरसियालाई टिकट दिएपछि आक्रोशीत तेलीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा नेता सुशील कुमार कानु पनि पर्सा-२ को चुनावी मैदानमा उत्रिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्षबाट राजिनामा दिएर रास्वपाबाट उम्मेदवारी दिएका कानु युवा पुस्तामाझ लोकप्रिय पनि मानिन्छन्। वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाको देशैभर लहर देखिएको अवसरमा त्यही पार्टीबाट उम्मेदवार बनेका कानुले युवाहरूको मत सहजै आँफुतिर तान्ने आकलन गर्न थालिएको छ।

पर्सा-२ बाटै नेकपा एमालेबाट जेनजी पुस्ताकी रिमा यादव,जसपा नेपालबाट उद्योगपति अशोक टेमानी, नेपाली कम्युनिष्ट पार्टीबाट मनोज चौधरी, राप्रपाबाट पूर्व सांसद विना जैसवाल कुर्मी लगायत गरी कूल ३२ जना चुनावी मैदानमा छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.