election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ वर्ष पूरा

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ वर्ष पूरा
सुन्नुहोस्

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले शुक्रबार माघ ९ गते आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाएको छ। ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वन्त्रताको रक्षा गर्नका लागि २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।

स्थापनाको २५आंै वर्ष पुगेको अवसरमा सशस्त्र प्रहरी हेडक्वाटर हलचोकमा विभिन्न कार्यक्रम गरेको छ। २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)का अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका एकाइहरूमा विविध कार्यक्रमको आयोजना गरेको छ। सशस्त्र प्रहरी बल नेपालले प्रभातफेरी, पूर्व–पश्चिम झन्डा मार्च, अन्तरक्रिया, गोष्ठी, निःशुल्क स्वास्थ शिविर सञ्चालन, रक्तदान, शिलालेख अनावरण, खाद्यान्न फलफूल वितरण, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता, सचेतनामूलक सडक नाटक प्रदर्शनलगायत सचेतनामूलक कक्षा सञ्चालन, सरसफाइ तथा मैत्रीपूर्ण खेल प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरेको थियो।

संगठन स्थापनाको सुरुवातमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलको गठन गरिएको थियो। नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथक्तावादी गतिविधि नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्ने जस्ता १३ कार्यादेश सशस्त्र प्रहरी बललाई दिइएको थियो।

यो २५ वर्षे ऐतिहासिक यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेशहरू प्रभावकारी ढंगले सम्पादन गर्दै संगठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको छ। हालका दिनमा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई बढी जोड दिएको छ। सशस्त्र प्रहरी बल नेपालले ७ वटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २ सय १५ वटा बोओपी (२ सय ४ वटा नेपाल–भारत सीमातर्फ र ११ वटा नेपाल–चीन सीमातर्फ) मार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुको साथै राजश्व संकलनमा समेत सहयोग पुर्‍याएको छ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन २०८० साल कात्तिक १ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको सुरुवात गरेको थियो। सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा विशेषतः विपद् प्रतिकार्यमा अब्बल सुरक्षा फौजको रूपमा रहेको छ। विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मंसिर २२ गते चितवन जिल्लाको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षलय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुन सक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ। सशस्त्र प्रहरी नेपालले आन्तरिक सुरक्षाको जिम्मेवारी पनि आफूलाई अब्बल तुल्याएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.