election background

प्रतिनिधि सभा निर्वाचन २०८२

हिमपातले मुगुका कृषकहरूलाई राहत (फोटोफिचर)

हिमपातले मुगुका कृषकहरूलाई राहत (फोटोफिचर)

मुगु : लामो समयदेखि पानी नपरेर चिन्तित बनेका मुगुका कृषकहरू हालै शुक्रबार राति परेको हिमपातले केही राहत महसुस गरेका छन्। असोजदेखि खडेरीको मार खेप्दै आएका किसानहरू आफ्नो खेतबारीमा रोपेको हिउँदे बाली सुकेर उब्जनी नहुने चिन्तामा रहेका बेला शुक्रबार राति परेको हिमपातले राहत महसुस भएको हो।

null

जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रहरूमा शुक्रबार रातिबाट परेको बाक्लो हिमपातले माटोमा चिस्यान बढाएको छ। यसले गहुँ, जौ, आलु र उवा जस्ता हिउँदे बालीमा सकारात्मक प्रभाव पर्ने कृषकहरूको विश्वास छ।

null

छायाँनाथ रारा नगरपालिका–६ का कृषक रूप बहादुर सेजुवालका अनुसार पहिला–पहिला असोज–कार्तिकमै घरमै घुँडासम्म हिमपात हुने गर्थ्यो। विगत ५–६ वर्षयता समयमै हिमपात हुन छोडेको छ। हिउँदे सिजनमा लामो समयदेखि हिमपात र पानी नपर्दा बाली सुक्ने अवस्थामा पुगेको बताउँदै, ‘हिमपातले जमिनमा आवश्यक चिस्यान दिएको छ, अब उत्पादन राम्रो हुने आशा गरेका छौँ,’ भने।

null

मुगुम कार्मारोङ गाउँपालिका–७ का कृषक छिरिङ फोन्जक लामा भन्छन्, यो गाउँपालिका जडीबुटी र पशुचौपायामा आत्मनिर्भर पालिका हो। समयमै बाक्लो हिमपात र पानी नपरे मुख्य आम्दानीको आय स्रोत भनेकै जडीबुटीलाई ठूलो असर पर्छ र पशुचौपायाका लागि चाहिने घाँसमा पनि असर पर्ने भएकाले ढिलै भए पनि हिमपात हुँदा केही राहत महसुस भएको बताए।

null

कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख गणेश अधिकारी भन्छन्, हिमपातले माटोको उर्वराशक्ति बढाउने, किरा–फट्याङ्ग्रा नियन्त्रण गर्ने र हिउँदे बालीको उत्पादनमा वृद्धि हुनुका साथै यो समय स्याउ, ओखर लगायत बिरुवा रोप्ने, काँटछाँट गर्ने भएकाले सबै फलफूललाई समेत सहयोग पुग्ने भएकाले कृषि क्षेत्रका लागि यो सिजनमा हिमपात आवश्यक मानिन्छ। समयमै हिमपात नभए पनि शुक्रबार राति परेको यो हिमपातले हिउँदे बाली मात्र होइन, आगामी खेती प्रणालीलाई समेत फाइदा पुर्‍याउने बताए।

null

हिमपातसँगै चिसो बढे पनि कृषकहरू भने आगामी उत्पादनप्रति आशावादी देखिएका छन्। लामो खडेरीपछि परेको हिमपातले मुगुका कृषक मात्र नभई हिमाली क्षेत्रका कृषकहरूलाई हिउँदे बाली र फलफूलको उत्पादनमा केही राहत हुने देखिएपछि उनीहरूको अनुहारमा खुशी फर्काएको छ।

nullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.