election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै हो : कमल थापा

जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै हो : कमल थापा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निमित्त आवाज उठाउँदै जेनजीहरूले गरेको आन्दोलन चौबिस घण्टा बित्दा नबित्दै हाइज्याक गरेर तुहाउने काम भएको उनले बताए। नेता थापाले अहिले जेनजी युवाहरूबाट मुखरित भएको माग अधुरो रहेकाले अधुरो मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा रहेको धारणा राखे।

उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको चाहना राख्ने हो भने सबैभन्दा पहिला भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाका विकृति र विसङ्गतिहरूको अन्त्य हुनुपर्ने जिकिर गरे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका मूल संवाहक काङ्ग्रेस र कम्युनिस्ट नै भएको उनको आरोप छ। अहिले काङ्ग्रेस र कम्युनिस्टले अपवित्र गठबन्धन बनाएर कायम गरेको सिन्डीकेटको पनि जनताले अन्त खोजेको थापाले बताए। थापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ५ बाट नै उम्मेदवारी दिएका छन्।।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.