election background

प्रतिनिधि सभा निर्वाचन २०८२

साढे ६ लाख संगठित सदस्यलाई अध्यक्ष ओलीको पत्र : एमालेलाई बहुमत दिलाउन सक्रिय हुनू

साढे ६ लाख संगठित सदस्यलाई अध्यक्ष ओलीको पत्र : एमालेलाई बहुमत दिलाउन सक्रिय हुनू
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरेका छन्। अध्यक्ष ओलीले शनिबार साँझबाट पार्टीका ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै  एमालेलाई बहुमत दिलाउन उच्च मनोबलसहित सक्रिय हुन आह्वान गरेका हुन्।

अध्यक्ष ओलीको हस्ताक्षरित पत्रमा आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ ।

उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् । ‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भनिएको छ ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेको बताए । ‘ठूलो संख्यामा रहेका पार्टी सदस्यहरुलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भने,‘यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभुती गर्ने विश्वास गरिएको छ ।’ 

देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुर्‍याउनका लागि पनि पत्राचार गरिएको शाहीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.