election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय सभा निर्वाचन  : लुम्बिनीमा तीन पदका लागि ८ जना प्रतिस्पर्धामा

कांग्रेस-एमालेकै बहुमत

राष्ट्रिय सभा निर्वाचन  : लुम्बिनीमा तीन पदका लागि ८ जना प्रतिस्पर्धामा

दाङ : राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदयका लागि मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गरेका हुन् । null

लुम्बिनीमा तीन सिटका लागि हुने निर्वाचनमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेले संयुक्त उम्मेदवार खडा गरेका छन् ।  कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता गरेका छन् । लुम्बिनी प्रदेशबाट महिला, अपांगता–अल्पसंख्यक र अन्य गरी तीन सदस्य निर्वाचित हुँदैछन् । 

कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे र अन्य कोटामा रेसुङ्गा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् । महिलामा एमालेबाट रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा मनोनयन दर्ता गराएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१ पाल्पाकी दुर्गा कुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५ बाँकेका सर्जन बिक र अन्यमा बर्दघाट नगरपालिका–१४ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाले महिला र अन्य कोटामा उम्मेदवारी दर्ता गरेको छ ।

महिलामा प्युठान नगरपालिका–८ प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२, प्युठानका बोम बहादुर खत्रीले मनोनयन दर्ता गरेका छन् । लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य (हाल ८३) र २ सय १७ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३ सय मतदाता रहेको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । मतदान बिहान ९ बजे देखि ३ बजे सम्म रहेको छ ।

कुन दलको मतभार कस्तो छ ?
लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८५४१ मतभार छ । विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ रहेकोमा अहिले वृद्धि गरेर ५३ पुर्‍याएको छ । यस्तै स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, यसमा ४ जनाले राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन। प्रदेश सदस्यको  मतभार ४६८१ रहेको मा ४ संख्या कम हुँदा २१२ मत कम हुने छ । भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४१४२ रहन्छ । यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३१७९ रहन्छ । यस्तै, एमालेको २८१० र साविक माओवादीको १२३७ छ । साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेको अवस्थामा प्रदेश सभामा एकीकृत समाजवादीका एक सांसदको मतभार पनि १२३७ मा थप हुने देखिन्छ ।

साना दलमध्ये राप्रपाको २६९ मतभार छ भने नागरिक उन्मुक्ति पार्टीको १५९ जसपाको २७३, लोसपाको १८७, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्र ५३ मतभार छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.