election background

प्रतिनिधि सभा निर्वाचन २०८२

‘पब्लिक डिबेट’ गर्न बालेनले गरे अस्वीकार, ओलीको स्टाटसमा के दिए जवाफ ?

‘पब्लिक डिबेट’ गर्न बालेनले गरे अस्वीकार, ओलीको स्टाटसमा के दिए जवाफ ?
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको चर्चा गरिएका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘पब्लिक डिबेट’ गर्न अस्वीकार गरेका छन्। एमालेबाट ओली, कांग्रेसबाट गगन थापा, रास्वपाबाट बालेनलगायत प्रधानमन्त्रीको दाबेदार गर्नेलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग सामाजिक सञ्जालमा चलेपछि ओलीले आफू मञ्चमा उभिएर ‘पब्लिक डिबेट’ तयार रहेको बताउँदा बालेनले अस्वीकार गरेका हुन्।

जनताको माग अनुसार आफू पब्लिक डिबेटका लागि तयार भएको ओलीले लेखेको स्टाटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनले सहभागी नहुने प्रतिक्रिया दिएका छन् । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? भन्ने प्रश्न गर्दै बालेनले ओलीलाई एउटै मञ्चमा उभिनु भनेको आफू त्यसमा सामेल भएको बुझिने प्रतिक्रिया दिए।

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो?? त्योपछि अरु कुरा गरौंला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’बालेनले ओलीको पोस्टमा लेखेका छन्।

ओली र बालेन झापा-५ मा निर्वाचन लड्दैछन्। बालेनको प्रतिक्रियापश्चात सार्वजनिक बहसबाट भाग्न खोजेको भन्दै सामाजिक सञ्जालमा बालेनको आलोचना हुन थालेको छ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएकोले आफू तयार रहेको  सामाजिक सञ्जालबाट जानकारी गराएका छन्। ओलीले देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको दाबी गरेका थिए।

ओलीले फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने आँकलन गरे। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको उनको भनाई छ।

के भनेका थिए ओलीले ?

पब्लिक डिबेटको लागि तयार छौँ 
नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। 

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु।

चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.