जेनजी आन्दोलनभन्दा अगाडि नै युवाको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाएको छु : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरूसँग अन्तक्रिया गर्दै नेता कोइरालाले जेन जी आन्दोलनअघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताएका हुन् ।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू 'क्यापेन फर क्लिन पोलिटिक्स' को अभियानमा लागेको बताए । जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने- “मैले विगतमै युवालाई तीन क्लष्टरमा बाडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जस अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरूलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो ।”
युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !