सुन-चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ। यसदिन २ हजार ४०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आइतबार २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ८०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यस्तै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ। २९० रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ६ हजार ४८० कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला चाँदी ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको विज्ञहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !