election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय सभा निर्वाचन : कोशीमा धमाधम मतदान

राष्ट्रिय सभा निर्वाचन : कोशीमा धमाधम मतदान
तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि धमाधम मतदान भइरहेको छ । प्रदेश राजधानी विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भइरहेको हो ।  मतदानको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।

 कोशीमा ती पदमध्ये दुई पदका लागि मात्रै मतदान हुनेछ । अन्य समूहतर्फ नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले उक्त पदका लागि मतदान आवश्यक भएन । 

कोशीमा महिला र दलित कोटा गरी दुई पदका लागि मात्र निर्वाचन भइरहेको छ । गठबन्धनमा एमालेबाट दलिततर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यकतर्फ रोशनी मेचे एवं नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने उम्मेदवार छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका मेयर तथा उपमेयर र अध्यक्ष एवं उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । कोशी प्रदेशमा ९२ जना प्रदेशसभा सदस्यसहित कुल ३५९ जना मतदाता छन् । निर्वाचन प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.